Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाको नीति कार्यक्रम : ‘बरु म गर्छु कृषि : तर कहीँ जान्न देश बिर्सी’

तिलोत्तमाको नीति कार्यक्रम : ‘बरु म गर्छु कृषि : तर कहीँ जान्न देश बिर्सी’

  • 1.7K
    SHARES

  • तिलोत्तमाको नीति कार्यक्रम : ‘बरु म गर्छु कृषि : तर कहीँ जान्न देश बिर्सी’

    तिलोत्तमा,असार ५ ।

    कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।बुधवार नगरपालिकाको दोस्रो नगरसभा तथा पांचौ अधिवेशनमा नगर प्रमुख रामकृष्ण खांणले नगरपालिकालाई कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निती तथा कार्यक्रम सार्वजनिक गर्र्नुभयो ।

    आगामी नीति तथा कार्यक्रममा कृषितर्फ बरु म गर्छु कृषि : तर कहीं जान्न देश बिर्सी भन्ने नारालाई आत्मसाथ गर्दै स्वदेशमै कृषिकर्म गर्न प्रोत्साहन गर्ने, उत्पादित कृषिजन्य वस्तुको भण्डारणका लागि शित भण्डारण निर्माण, किसानलाई उपलब्ध गराइने मल, सिंचाँई सुविधाका लागि किसान कार्ड बनाउने, पशुपालक कृषकलाई सहुलियत प्रदान गर्न कार्यविधी निर्माण गरि सहकारी मार्फत सुलभ भेटेरी पसल संचालन गर्ने लगायतका छन् । 

    तयस्तै फलफूल बिरुवाको आपूर्र्तिका लागि सामुदायिक वनसंग साझेदारी गरि गाउंघर नर्सरी स्थापना गर्ने र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै दु्रत विषादी परिक्षण प्रयोगशाला स्थापना गरि तरकारी र फलफूल परिक्षण गर्ने जस्ता कार्यक्रम समेटिएको उनले बताउनुभयो । 

    साथै कृषिमा आत्मनिर्भर बन्न वडा न ५ लाई दुग्ध पकेट क्षेत्र घोषणा गर्ने र पालीकाको एक उत्पादनलाई विशेष उत्पादनका रुपमा पहिचान गरि मेड इन तिलोत्तमाको अवधारणामा लैजाने र अतिथी सत्कारमा सोही उत्पादन चिनोको रुपमा पस्कने व्यवस्था मिलाईने उनले बताउनुभयो ।

    त्यस्तै, शिक्षातर्फ पालीकामा रहेका सामुदाियक विद्यालयको स्तरोन्नतीमा जोड दिंदै नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागु गर्ने, आगामी शैक्षिक सत्रदेखि नगरपालीकामा महिला विद्यालय संचालन गर्ने, नगरवासीको अध्ययन, अनुसन्धानको संस्कार वृद्धि गर्न सामुदायिक पुस्तकालय स्थापना गर्ने , विज्ञान प्रयेगशाला निर्माण, एवं विद्यार्थीको विकासका लागि करियर गाइडेन्स, सृजनशिल शुक्रवार कार्यक्रम, च्यालेन्ज फण्ड आदि संचालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ  ।

    वातानुकुलीत खोप केन्द्र संचालन गरि बाल स्वास्थ्य सेवालाई व्यवस्थित गर्ने, उपमेयरसंग गर्भवती कार्यक्रमलाई थप प्रभावकारी बनाई जिरो होम डेलिभरि पालीका घोषणा गर्ने, आयुर्वेदिक औषधीको सेवनलेपनि निरोगी जिवनशैली अपनाउन सकिन्छ भन्ने उद्धेश्यले निरोगी नगर कार्यक्रम अन्तर्गत, योग, ध्यान, नागरिक आरोग्या, भान्सा सुधार कार्यक्रम चलाइने नगर प्रमुख खाणले बताउनुभयो ।

    लैंगिकमैत्री पालीका घोषणा गरि दीगोपनका लागि सुचकमा आधारित रहेर विभिन्न कार्यक्रम संचालन गर्ने, युवामैत्री शासनका सुचक पुरा गर्दै यस वर्ष पालिकालाई युवामैत्री पालीका घोषणा गर्ने विषय प्राथमिकतामा राख्द पालीकामा रक्तसंचार केन्द्र स्थापना, मुख्य चोकमा पार्किङ स्टेशन निर्माण, तिलोत्तमा लगानी सम्मेलनमा प्रस्ताव भएको ट्राम रे, युएचटी दुग्ध प्रशोधन केन्द्र निर्माणमा समेत लगानी गरिने कार्यक्रममा समेटिएको छ ।

    हरियाली नगरलाई कायम राख्न हरेक वडामा एक पार्क बनाउने, जोखिम न्युनिकरणका लागि जोखमयुक्त क्षेत्रमा पुर्व सुचना प्रणली स्थापना गरिने, सिक्स लेन सडकलाई केन्द्रिकृत गरि तिलोत्तमा हाइवे एम्बुलेन्स संचालन गर्ने, महिलालाई डिजटल मार्केटिङ सम्बन्धी तालिम प्रदान गरिने, भ्रष्टाचारजन्य क्रियाकलाप प्रति शुन्य सहनशीलताको निती अवलम्बन गरि भ्रष्टाचारजन्य क्रिायकलाप हुन नदिन पालिका सतर्क रहने, एक वडा एक किलोमिटर कालोपत्रे सडक लाई निरन्तरता दिई नागरिकलाई सरकार साथै भएको अनुभुति गराउने,पालिकाले प्रदान गर्ने सेवा व्यवस्थित गराउनका लागि एकल विन्दु सेवा केन्द्र स्थापना गर्ने, रोजगार तथा अन्य शिलाशिलामा विदेश भएका छोराछोरी आउन समय लाग्ने भएकाले बुवाआमाको मृत्यु हुंदा छोराछोरी पर्खनु पर्ने भएकाले सो का लागि शव चिस्यान सेवा सुरक्षित प्लान्ट बनाइने नीति तथा कार्यक्रममा समेटिएको छ ।

    नीति तथा कार्यक्रम बुधबार नै दोस्रो नगरसभाबाट पास भएको छ ।TILOTTAMA NAGARPALIKA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology