Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल राष्ट्रिय माबि छत्रदेवमा अक्षयकोष छात्रवृत्ति तथा बार्षिक पुरस्कार बितरण

नेपाल राष्ट्रिय माबि छत्रदेवमा अक्षयकोष छात्रवृत्ति तथा बार्षिक पुरस्कार बितरण

  • 2.4K
    SHARES

  • नेपाल राष्ट्रिय माबि छत्रदेवमा अक्षयकोष छात्रवृत्ति तथा बार्षिक पुरस्कार बितरण

    अर्घाखाँची,असार ४ ।

    नेपाल राष्ट्रिय माबि छत्रदेब ६ ठुलापोखारा अर्घाखाँचीमा अक्षयकोष छात्रवृत्ति तथा बार्षिक  पुरस्कार बितरण  कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष फर्सुराम पाण्डेको  अध्यक्षता तथा  बिद्यालय निरिक्ष्यक तुल्सिराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पुर्ब अध्यक्ष तथा शिक्षकहरुलाइ सम्मान गरिएको छ  भने शैक्षिक सत्र २०८० का उत्कृष्ट  विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको छ  ।

    अक्षयकोष दाताबाट जिबनारायण पाण्डेस्मृती छात्रबृत्तिका ब्यबस्थापक शिक्षिका शोना पाण्डेले अक्षय कोषको महत्त्व र उपादेयताका बारेमा प्रकाश पार्नुभयो ।स्वर्गीय हजुरवुवा लिलाधर,हजुरआमा देवका, पिता जिवनारायण र माता विष्णुमाया भट्टराईको स्मृतिमा नेरामावि ठूलापोखरामा एकलाख राशीको स्थापित अक्षयकोषको आर्जित ब्याजवाट विगत देखिका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा गुरुहरुलाई दोसल्ला, प्रमाण–पत्र, मायाको चिनो र नगदले  सम्मान गरिएको हो । 

    सम्मानित हुनेहरूमा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रप्रसाद पौडेल,पूर्व शिक्षक चिरञ्जिवी खनाल ,पूर्व शिक्षक भरतमणी घिमिरे ( हाल नयाँ गाउँ मावि बुटवल ), पूर्वशिक्षक राजेन्द्र पौडेल ( हाल प्रअ शिव मदन मावि सतिनेटा, अडगुरी ), पूर्व शिक्षक दधिराम न्यौपाने (निवृत्त) रहेका छन् ।यसैगरी आगामी वर्षहरुमा क्रमश अन्य पदाधिकारी तथा गुरुवर्गहरुलाई सम्मानित गरिने लिलाधर देवका जिबनारायण बिस्नुमाया भट्टराई,स्मृती अक्षय कोषको तर्फबाट सस्थापक नारायण भट्टराईले बताउनुभयो ।

    बिद्यालयको आयब्याय बिबरण  आ ब २०७९/२०८० को बिद्यालय का प्रअ दुर्गा प्रशाद आचार्यले   प्रस्तुत गर्नुभयो ।  शिक्षक रमेसचन्द्र भट्टराई को स्वागतमा भएको  कार्यक्रममा विशिष्ट अतिथी छत्रदेब ६ का वार्ड अध्यक्ष कमल पौडेल  शिक्षकहरु भरतमणी घिमिरे राजेन्द्र पौडेल पुर्ब शिक्षक चिरन्जिबी खनालले बोल्नु भएको थियो।11.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology