Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पचास कृति प्रकाशित गरेका साहित्यकार ज्ञवालीलाई सूचक सम्मान

पचास कृति प्रकाशित गरेका साहित्यकार ज्ञवालीलाई सूचक सम्मान

  • 4.7K
    SHARES

  • पचास कृति प्रकाशित गरेका साहित्यकार ज्ञवालीलाई  सूचक सम्मान

    बुटवल,पुस १९-

    सूचक प्रकाशनले विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई सूचक सम्मान प्रदान गरेको छ ।  साहित्यतर्फको सूचक सम्मान साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीलाई दिइएको हाे । 

    ज्ञवालीलाई एक समारोहबीच प्रमुख अतिथि प्राज्ञ तथा इतिहासविद् प्रा दिनेशराज पन्तले सम्मान प्रदान गर्नुभयो । गुल्मीको रूरू क्षेत्र थाेर्गामा जन्मिएका  ज्ञवालीका मौलिक र सम्पादित गरी पचास कृति प्रकाशित छन् ।

    सम्मानित स्रष्टा ज्ञाननिष्ठ ज्ञवालीले राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्य गरिएको कविता सुनाउदै साे सम्मानले थप जिम्मेवारी थपिएको बताउनुभयो ।

    यस्तै सोही कार्यक्रममा बौद्ध लेखक तीर्थरत्न शाक्य, साहित्यकार नवीना श्रेष्ठ, महिला अधिकारवादी सीमा खान, साहित्यकार तथा पत्रकार प्रकाश सिलवाल, कलाकार एकराज शाक्य समेतलाई विभिन्न सम्मान प्रदान गरिएको छ ।

    कार्यक्रममा कविहरू राधिका पन्त , हरिविक्रम केसी, लक्ष्मीप्रसाद ज्ञवाली, प्रीति कौर, रश्मी रिमाललगायतका कविहरूले कविता वाचन गर्नुभयो । दीपक भेटवालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि पन्तले स्रष्टालाई सम्मान गर्ने परम्पराले उत्साह थपिने धारणा व्यक्त गर्नुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology