बुटवल,असार २ ।
नन्दिनी गौशालामा परिसरमा सरसफाई सम्पन्न भएको छ । भगवती टोल विकास संस्था बुटवल ७ को नियमित कार्यक्रम अनुसार सरसफाई कार्यक्रम भएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आथिथ्यता रहेको संयोजक शंकर गिरीले बताउनुभयो । टोल विकास संस्थाले नियमित रूपमा सरसफाइ र दानापानि खुवाउने गरेको अध्यक्ष भरत गिरीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)