Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी केवलकार चढ्ने बुटवल उवा संघका सदस्यलाई ५० प्रतिशत छुट,परिचय पत्र अनिवार्य

लुम्बिनी केवलकार चढ्ने बुटवल उवा संघका सदस्यलाई ५० प्रतिशत छुट,परिचय पत्र अनिवार्य

  • 1.2K
    SHARES

  • लुम्बिनी केवलकार चढ्ने बुटवल उवा संघका सदस्यलाई ५० प्रतिशत छुट,परिचय पत्र अनिवार्य

    बुटवल,असार २ ।

    बुटवल उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केवलकारले ५० प्रतिशत छुट दिने भएको छ । लुम्बिनी केवल कार र बुटवल उद्योग वाणिज्य संघ बिचमा त्यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    लुम्बिनी केवल कारको प्रस्तावमा समझदारी गरी आईतबार हस्ताक्षर गरिएको हो । उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष हरिप्रसाद अर्याल र लुम्बिनी केवलकारको तर्फबाट अपरेसन म्यानेजर डिल्लीनारायण कायस्थले हस्ताक्षर गरी आदान प्रदान गर्नुभएको छ ।

    समझदारी अनुसार लुम्बिनी केवल कारले संघका बोर्डका पदाधिकारी तथा सदस्य र सक्रिय सदस्य तथा सचिवालयमा काम गर्ने कर्मचारीका लागि केवलकारको दुई तर्फी टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको हो ।अहिले लुम्बिनी केवलकारको टिकट शुल्क १ हजार रुपैंया रहेको छ । संघमा भएको यो समझदारी पछि संघको कार्यसमितिका पदाधिकारी सदस्य, सचिवालयका कर्मचारी र संघमा नविकरण भएका सदस्यहरुलाई केवलकारको टिकटमा ५० प्रतिशत छुट गरी ५ सय रुपैंया लिईने छ ।

    समझदारी अनुसार केवलकार टिकटमा छुट लिनको लागि संस्थाको परिचय पत्र अनिवार्य गरिएको छ । केवलकारको टिकटमा मात्रै छुट हुनेछ ।
    दुबै पक्षले विज्ञापन बोर्ड वा अन्य सम्बन्धित प्रवद्र्धन सामाग्रिहरु एक अर्काको परिषरमा राखेर प्रवद्र्धन गर्नेछन् । यो समझदारी एक वर्षसम्म रहने छ । आपसी सहमतिमा परिवर्तन पनि गर्न सकिने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ २ २०८१०४:४५:३४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology