बुटवल,असार १ ।
लियो क्लब अफ बुटवल खस्यौली युथको वर्ष २०२४/२५ को अध्यक्षमा केशव खनाल निर्विरोध निर्वाचित भएका छन् । क्लवको सम्पन्न अधिवेशनले खनालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । निर्वाचित टिमलाइ एक समारोहका बिचमा पदहस्तान्तरण गरिएको छ ।
प्रथम उपाध्यक्षमा बिकास पन्त ,द्वितीय उपाध्यक्षमा किरन बस्याल , तृतीय उपाध्यक्षमा बिन्दु भुषाल , नव निर्वाचित अध्यक्ष अनालले क्लवलाइ थप सक्रियतपूरवक अगाडि बढाउने बताए ।
कार्यक्रममा प्रमुख अथिति बिष्णु प्रसाद उपाध्याय,राजु खत्री, दिपेन्द्र भट्टराइ,हरि भण्डारी, , रोशन रायमाझी ,उत्तम खनाललगायतले बोलेका थिए । क्लबले निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)