Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउँदै बुटवल

महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउँदै बुटवल

  • 1.6K
    SHARES

  • महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउँदै बुटवल

    मिना ढकाल/ बुटवल,जेठ ३२ ।

    बुटवल ३ ज्योतिनगरकी ओसिन गुरूङ गत वर्ष बुटवल उपमहानगरपालिका वडा नं. ३ ले सञ्चालन गरेको लेडिज फेन्सी जुत्ता चप्पल बनाउने तालिममा सहभागी भइन् । त्यसपछि उक्त उद्योगलाई निरन्तरता दिदै हाल ५-७ जनालाई रोजगारी समेत प्रदान गरेकी छन् । उनले उत्पादन गरेका सामाग्राी बुटवल, भैरहवा, गुल्मी लगाएका जिल्लामा पुग्ने गरेको छ । बजारमा माग निकै रहेको उनको भनाई छ । हाल उनले उत्पादन गरेका बेलुहिका जुता विदेशमा समेत माग रहेको बताइन् ।

    महिलाहरुलाई आर्थिक रुपमा सबल बनाई आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले उप–प्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ ।उप–प्रमुख महिला उद्यमशीलता विकास कार्यक्रमले गर्दाघरमा बस्ने गृहणी महिलाहरुलाई थोरै थोरै भएपनि आर्थिक चलायमान बनाउनुका साथै आत्मनिर्भर बनाउन मद्दत गरेको छ ।

    मेकअप तालिम, व्राइडर तालिम, ड्राइभिङ्ग तालिम, बुटिक तालिम, कुसन तथा कक्सुज तालिम संचालन गरि सकेको उप महानगरपालिकाले शुक्रवार जेठ ४ गतेदेखि फेसन डिजाइन अन्र्तगत दौरासुरवाल र व्लाङ्गकेट तालिम ५० जनालाई शुरुवात गरेको छ।  त्यस्तै बुटवल ३ कै सानू दर्लामीले उपमहानगरपालिकाले गत वर्ष १५ दिनको ब्राइडल (बेहुली श्रृङ्गार ) तालिम लिइन ।

    उनले यो तालिम पश्चात आफ्नो व्यवसाय थप मजबुत बनेको उनको भनाई छ ।त्यस्तै बुटवल ८ की निशा शर्माले गत वर्ष उपमहानगरले दिएको डाईभिङ्ग तालिममा सहभागी बनिन् । हलुका सवारी चालकको तालिम र हालै पुनर्ताजगी तालिम लिइन् । जस्ले गर्दा आफुलाई सहज भएको उनले बताइन ।mahila udham (1).JPG

    त्यस्त बुटवल २ कि मिना पाटाले पनि नगरपालिकाले संचालन गरेको तालिम त लिइन तर हातमा सिप भएपनि आफ्नै सवारीसाधन नभएको कारण व्यवसायिक बन्न नसकेकी हुन् ।त्यस्तै बुटवल ६ की गिता थापाले उक्त ड्राइभिङ्ग तालिम लिइन उनि पनि हातमा सिप भएपनि आफ्नो सवारी साधन नहुदा र भएका व्यवसायीहरुले विश्वास नगर्दा खाली बस्नु परेको बताइन ।

    उपमहानगरले प्रदान गर्ने हरेक तालिममा महिला सहभागिता व्यापक रहेको पाइएको छ । साना हाेस् वा ठुला सबै काममा महिला उत्तिकै रुचिका साथ लागेको उनको सहभागीहरु बताउछन् । केही कार्यक्रमबाट तालिम लिएका अधिकांश महिलाहरूले तालिमलाई व्यवसायिक तरिकाले अगाडि बढाएका छन् ।

    जबसम्म महिला आर्थिकरूपमा सबल सक्षम आत्मनिर्भर बन्दैनन् तबसम्म कुनैपनि सभ्य समाज निर्माण हुन सक्दैन भन्ने मनाशायले उप–प्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालको भनाई छ ।mahila udham (2).jpg

    समृद्ध बुटवल सुखी बुटवलबासीको नारालाई सार्थक गर्न र बुटवल उप–महानगरपालिकालाई महिलामैत्री उप–महानगरपालिकाको रूपमा स्थापित गराउन नगरले योे कार्यक्रमहरू सञ्चालन गरेको हो । उपमहानगरले सञ्चालन गरेको कार्यक्रममा तालिम प्राप्त गरेका अधिकांश महिला व्यवसायिक रुपमा स्वरोजगार बन्न् सफल भएका छन् भने कतिपय सिप सिकेर विदेश गएर राम्रो आम्दनी गरेको पनि उपप्रमुखको भनाई छ । तालिममा सहभागी भएका कतिपय महिलाहरू विभिन्न कारणले व्यवसायिक हुन सकिरहेका छैनन् भने कोही विदेशमा गएर राम्रो आयआर्जन गर्न सफल भएका छन् ।
    यसअघि सीप सिकेकी ओसिनले हाल विभिन्न वडाले संचालन गर्ने तालिमहरुमा आफुले सिकेका सिप सिकाउदै आएको बुटवल ३ का वडा अध्यक्ष विष्णुप्रसाद ढकालले बताउनु भयो ।

    उनीहरुलाई आवश्यक पर्ने कच्चापदार्थ सबै बुटवलमा नै पाइन्ने व्यवस्था छ । कच्चापदार्थ भनेको रबर सिट , इभा , भेलभेट कपडा , लेटेक्स गम , सुलोसन आदि हुन् हुन भने जुताको सोल भने चितवनबाट ल्याउनुपर्छ उनि बताउछिन् । व्यवसायिकरूपमा अघि बढेकी गुरुङ्गले विभिन्न समयमा सञ्चालन हुने व्यापारमेलामा समेत सहभागी बनेर पुरस्कृत समेत भैसकेकी छन् । बुटवल उपमाहानगरले उनलाई उत्कृष्ठ महिला उद्यमीका रुपमा समेत स्थापना दिवसमा सम्मान गरेको छ ।

    बुटवल १० कि सुमित्रा थापाले पनि उपमहानगरले प्रदान गरेको बुटिक तालिममा सहभागि बनिन् । तालिम पश्चात उनि आफ्नो सानोतिनो व्यवसायलाई सघाउ पुराएको बताइन । बुटवल १५ सेमलारकी पार्वती पौडेलले टेलरिङ्ग पेशा पनि गरिरहेको र बुटिकलाई पनि सामान्यरूपमा अघि बढाएको बताइन् । 
    बुटवल उपमहानगरपालिकाले नगरलाई महिलामैत्री उपमहानगरपालिकाको रूपमा स्थापित गराउने उदेश्यले स्थानीय सरकार सञ्चालन ऐन , २०७४ को दफा १०२ को (२) बमोजिम उपप्रमुख उद्यमशीलता कार्यक्रम सञ्चालन कार्यविधि २०७५ भनी जारी गरेको छ । यसरी कार्यविधि नै जारी गरी नगरले विभिन्न समयमा विभिन्न तालिम र कार्यक्रम सञ्चालन गरेको छ ।

    चालू आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमहरू :

    उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा तीन ओटा अन्तरक्रिया गोष्ठी गरेको महिला बालबालिका शाखा प्रमुख तारा भुषालले बताइन् ।
    भुषालका अनुसार तीन दिने व्यवसाय विस्तार तथा वृद्धि तालिम , वडा नम्बर १४ का २० जनालाई तीन महिने आधारभूत सिलाईकटाई तालिम प्रदान गरेको जनाइन् । त्यसैगरी गत वर्ष तालिम लिएका २० जनालाई हलुका सवारी चालक पुनर्ताजगी तालिम , लेडिज फेन्सी जुत्ता चप्पल बनाउने तालिम , २५ जनालाई बुटिक तलिम प्रदान गरिएको छ ।

    त्यस्तै आधारभूत व्युटिसियन तालिम लिएर व्यवसाय सञ्चालन गरेका ५० जनालाई १५ दिनको ब्राइडल (बेहुली श्रृङ्गार ) तालिम पनि दिइएको छ । साथै नगरले एकपटक अध्ययन अवलोकन भ्रमण पनि गराएको उल्लेख छ ।

    साथै चालू आर्थिक वर्षमै फेसन डिजाइनिङ र बच्चाको ब्लाडकेट र बच्चाकै दौरा सुरवाल सेट बनाउने बेहुलीले लगाउने मखमलको चप्पल बनाउने तालिम सञ्चालनको तयारीमा रहेको तथा कुनै शुरु समेत गरेको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले हलुका सवारी चालक पुनर्ताजगी तालिम उनीहरूको मागकै आधारमा दिइएको बताइन् ।

    पहिले सिकेकाहरूले सवारी अनुमतिपत्र (लाइसेन्स) लिनका लागि सो तालिमको माग गरेकाले सो तालिम दिएको बताएकी छन् । भने तालिम लिएकाहरू विभिन्न कारणले व्यवसायिक बन्न नसकेको स्वयम् उपप्रमुखको भनाइ छ ।तर अन्य तालिममा अधिकांश महिला व्यवसायिक बनेको उहाको ठहर छ ।

    mahila udham (2).jpg

    उपप्रमुख अर्याल अनुसार कतिपय कार्यक्रम अघिल्लो कार्यकालमा भए । हाल पुनर्ताजगी भनेर यसपाली तालिम दियौँ । कतिपय नयाँ छन् । तर अब आउने दिनमा एकदमै सोचविचार र आवश्यकताका आधारमा दिन्छौँ । अब तालिम दिँदा जुन तालिम लिएर व्यवसायिक बन्न सहज हुन्छ सोही तालिम दिने अभियान उपमहानगरको रहेको बताउनु भयो । बुटवल उपमहानगरपालिकामा वि.स.२०७८ को जनगणना अनुसार यहाँको कूल जनसंख्या १ लाख ९४ हजार ३ सय ३५ मध्ये ९९ हजार ४ सय ८६ जना महिला रहेका छन् जस्मा उपमहानगरपालिका भित्र कति महिलाहरू व्यवसायिक बनेका छन् भन्ने कुनै तथ्यांक भेटिदैन ।

    जे होस् उप–प्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिए पछि धेरै महिलाहरु आत्मनिर्भर भएका छन् , हातमा थोरै थोरै भएपनि पैसा खेलाउन पाएका छन्, आर्थिकरुपमा सबल बन्न खोजेका छन्, अवशरको खोजीमाहातमा सिप जोश जाँगर सहित महिलाहरु उपयुक्त अवशरको खोजीमा छन् ।

    यो अभियान महिलाहरुलाई आत्मनिर्भर बनाउने र आर्थिकरुपमा सबल बनाउने मात्रै नभई उनिहरुलाई व्यवसायी बनाउनका लागि पनि यो अभियान कोशेढुंगा सावित हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology