Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा भाेलिदेखि अनलाइन टिकट

लुम्बिनी प्रादेशिक अस्पतालमा भाेलिदेखि अनलाइन टिकट

  • 1.4K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा भाेलिदेखि अनलाइन टिकट

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् ।

    यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिक काट्न सक्ने व्यवस्था गरिएको छ ।

    यो सेवालाई केही समयका लागि परीक्षण कालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले वताउनु भयो।अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नु पर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवामा जान लागिएको डा.ढकालले बताउनु भयो।

    अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी सहज पहुँचमा ल्याउनका लागि थप सुविधाहरु बिस्तार गर्दै जाने मेसु ढकालले बताउनु भयो । अस्पतालले सुरु गर्न लागेको अनलाइन टिकट सेवामा बीमा सेवा लिनेहरूका लागि भने तत्काल व्यवस्था रहेको छैन । उनीहरुलाई पनि बिस्तारै समेट्ने गरी योजनामा रहेको ढकालको भनाई छ।

    अस्पतालमा दैनिक १५सय देखी २ हजार सम्म बिरामी सेवाका लागि आउने गरेको अस्पतालको तथ्याकं रहेको छ।यसैगरी अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्येनजर गरी विहान ८ बजेदेखि नै रिफलि सेन्टर सञ्चालनमा आउने भएको छ ।

    यसअघि विहान १० बजेदेखि सेवा सञ्चालन हुँदै आएकोमा असार १ गतेदेखि नियमित औषधी सेवा गर्ने बिरामीहरुले ८ बजे नै अस्पतालमा आएर औषधी सेवा लिन सक्ने अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले वताउनुभयो।1.jpg2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology