Logo बिहिवार, आश्विन १ गते २०८३
images

८ औं एसियाली कराँते च्याम्पियनका विजयी खेलाडीलाई बुटवल-१३ ले गर्‍यो सम्मान

८ औं एसियाली कराँते च्याम्पियनका विजयी खेलाडीलाई बुटवल-१३ ले गर्‍यो सम्मान

  • 2.5K
    SHARES

  • ८ औं एसियाली कराँते च्याम्पियनका विजयी खेलाडीलाई बुटवल-१३ ले गर्‍यो सम्मान

    बुटवल, जेठ ३२

    भारतको पुणेमा सम्पन्न भएको आठौं एसियाली गोजु–रियो कराँते च्याम्पियनसिप २०२४ मा नेपालका तर्फबाट सहभागी भई विजयी र कोचलाई बुटवलमा सम्मन गरिएको छ । बुधबार बुटवल उपमहानगर पालिका वाड नं –१३ ले नेपाल गोजु–रियो कराते डो संघ रूपन्देही शाखा अन्तर्गत सञ्चालित एल।बि।नमुना एकेडमी डोजोबाट प्रतियोगितामा सहभागी भई विजयी बनेका एलिसा गुरुङ र प्रज्ञान गुरुङलाई सम्मान गरेको हो ।

    एसिला सिनियर काता तर्फ प्रथम र प्रज्ञान जुनियर काता तर्फ तृतीय भएका हुन् एलिसा कक्षा ९ र प्रज्ञान कक्षा ६ मा एलवि नमूना एकेडेमीका विद्यार्थी हुन् । विजयी २ जना सहित नेपाल गोजु–रियो कराते डो संघ रूपन्देही शाखाका सचिव एवम् कोच मनिष पाण्डेलाई बुटवल वडा न। १३ का वडाअध्यक्ष नारायणप्रसाद पुनले नगद र खादाले सम्मान गरे । उनले आगामि दिनमा स्थानीय सरकारका तर्फबाट आफुहरुले खेलाडीहरुको मनोबल उच्च पार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष पुनले वडाका तर्फबाट खेलकुद र खेलाडीहरुको क्षेत्रमा नयाँ काम गर्ने बताए ।

    सम्मान कार्यक्रममा अभिभावकका तर्फबाट सामाजिक अभियन्ता धनु गुरुङले बोल्दै भारतमा गएर एसियाली स्तरको खेलमा नेपालको तर्फबाट उपाधि जितेर आएका खेलाडी र कोचलाइ बधाइ दिइन । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यस्ता प्रतिभावान खेलाडीहरुको सम्मानका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिईन ।

    कार्यक्रममा वडाका सचिवटी टिकाराम न्यौपाने,एलबि नमूना एकेडेमीका प्रिन्सिपल मुकुन्दराज उप्रेती,नेपाल गोजु–रियो कराते डो संघ रूपन्देहीका अध्यक्ष अनुपम ज्ञवाली,   तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद बदेलपोखरी ईकाई समितिका अध्यक्ष क्या झलबहादुर गुरुङ लगायतले बोलेक थिए ।स्थानीयहरुले खेलाडी र कोचको सम्मानमा पञ्चेबाजा सहित र्याली समेत निकालेका थिए । यसअघि नेपाल गोजु–रियो कराते डो संघ रूपन्देही शाखाका सचिव एवम् कोच मनिष पाण्डेकै अगुवाईमा भारतको तेलगंगामा भएको कराँते प्रतियोगितामा नेपाली टोली द्धितिय भएको थियो ।samman.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ ३२ २०८१०९:१२:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology