Logo बिहिवार, आश्विन १ गते २०८३
images

मनसुन : ताप्लेजुङमा घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

मनसुन : ताप्लेजुङमा घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

  • 978
    SHARES

  • मनसुन : ताप्लेजुङमा घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

    ताप्लेजुङ,जेठ ३२ ।

    अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ। फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए। 

    मुत्यु  हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा (बिकास)को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीया जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र जमुना रहेका छन्। ४ जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारिएको वडाध्यक्ष चौलागाईले बताए। घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घरसहित ४ जना मानिस र ७० ओटाभन्दा बढी पशुचौपाया बगाएको हो। 

    घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए। सोही पालिकामा बिहिबार मात्रै खोलामा आएको बाढी पहिरोले विभिन्न स्थानका ४ ओटा काठबाट निर्मित मोटरेबलपुल बगाएको थियो।Pahiro-Khejenim.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology