Logo बिहिवार, आश्विन १ गते २०८३
images

मनसुन प्रतिकार्यका लागि ३१ हजार बढी जनशक्ति परिचालन गरिँदै

मनसुन प्रतिकार्यका लागि ३१ हजार बढी जनशक्ति परिचालन गरिँदै

  • 957
    SHARES

  • मनसुन प्रतिकार्यका लागि ३१ हजार बढी जनशक्ति परिचालन गरिँदै

    बुटवल,जेठ ३१ ।

    सरकारले यो वर्षको मनसुन अवधिमा हुने विपदजन्य प्रतिकार्यका लागि ३१ हजार बढी जनशक्ति परिचादन गर्ने भएको छ । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीनवटै सुरक्षा निकायलाई प्रत्येक प्रदेशको राजधानीमा विपद् सहायताका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्न भनिएको छ ।

    यस वर्ष नेपाली सेना १० हजार ८४७, नेपाल प्रहरी १० हजार ५८५ र सशस्त्र प्रहरी बल ९९२४ जना परिचालन गर्ने योजना रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनमा उल्लेख छ । यी बाहेक स्काउट लगायतका स्वयंसेवक पनि परिचालन गरिने छ ।

    गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले यस वर्ष अवरुद्ध सडक खुलाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताए । पहिरो जान सक्ने क्षेत्रलाई पर्याप्त इन्धन र चालकसहित हेभी इक्युप्मेन्ट, डोजरलाई १०-१० किलोमिटरको दूरीमा तयारी अवस्थामा राखिने उनले बताए ।

    नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमानसँगै बाढी र पहिरोजस्ता विपद पनि बढ्नसक्ने अनुमान छ । त्यसैले मनसुनजन्य विपद् प्रतिकार्यका लागि गृहसहित १० वटा मन्त्रालय, ती मन्त्रालय मातहतका कार्यालय, सुरक्षाकर्मी र निजी क्षेत्रले गर्नुपर्ने कामको जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology