Logo बिहिवार, आश्विन १ गते २०८३
images

नुवाकोट घुमेर बुटवल फर्किदैगरेको कार दुर्घटना,३ जनाको मृत्यु

नुवाकोट घुमेर बुटवल फर्किदैगरेको कार दुर्घटना,३ जनाको मृत्यु

  • 1.6K
    SHARES

  • नुवाकोट घुमेर बुटवल  फर्किदैगरेको कार दुर्घटना,३ जनाको मृत्यु

    बुटवल,जेठ ३१।

    बुटवलमा कार दुर्घटना परेर ३ जनाको मृत्यु भएको छ । । बुधबार राति  ९ बजे भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको हो  । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १० का ५५ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन् ।

    बुटवलसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकबाट झण्डै १ सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । नुवाकोट घुम्न गएकाहरु सवार कार दुर्घटना भएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको  छ।

    दुर्घटनामा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    बुटवल उपमहानरका–१० का ५६ वर्षीय छवि बुटवलका सफल व्यवस्थापक मानिन्थे । लामो समय करेन्ट चाउचाउको व्यवस्थापनमा सक्रिय शर्मा पछिल्लो केही समय यता मसला उद्योगको बजार व्यवस्थापनमा सक्रिय थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology