Logo मंगलवार, श्रावण १२ गते २०८३
images

८ औं एसियाली गोजु–रियो कराँते प्रतियोगिता : एलिशा गुरुङ भइन् सिनियर कातातर्फ प्रथम

८ औं एसियाली गोजु–रियो कराँते प्रतियोगिता : एलिशा गुरुङ भइन् सिनियर कातातर्फ प्रथम

  • 1.2K
    SHARES

  • ८ औं एसियाली गोजु–रियो कराँते प्रतियोगिता  : एलिशा गुरुङ भइन्  सिनियर कातातर्फ प्रथम

    बुटवल,जेठ २८ ।

    भारतको पुणेमा भएको ८ औं एसियाली गोजु–रियो कराँते प्रतियोगितामा एलबि नमुना एकेडमी डोजोबाट सहभागी एलिशा गुरुङले सिनियर कातातर्फ प्रथम स्थान हासिल गरेकी छन् । नेपालबाट प्रतिनिधित्व गर्दै बुटवलकी गुरुङले सिनियर कातातर्फ प्रथम स्थान हासिल गरेकी हुन् ।

    यस्तै बुटवल बेलबासका प्रज्ञान गुरुङले जुनियर काता तर्फ तृतीय स्थान हासिल गरेका छन । नेपालबाट कोचको भुमिका नेपाल गोजुरियो कराते डो संघ रूपन्देही शाखाका सचिव मनिष पाण्डेले नेपालको प्रतिनिधित्व गर्दै भारत पुणेमा २० जना खेलाडीहरु लिएर गएका थिए ।

    पाण्डे कोच भएर नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी नेपाली टिमलाई दोस्रो बनाएर रेकर्ड राखेका छन् । प्रतियोगिता जुन ६ तारिखदेखि ९ तारिखसम्म सञ्चालन भएको थियो ।nepal.jpg

    katatee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology