बुटवल,जेठ २८ ।
पोखरामा हुने यु–१५ राष्ट्रीय टेवल टेनिस प्रतियोगितामाको फाइनलमा सहभागी हुने खेलाडीहरुलाइ बिदाइ गरिएको छ । बुटवलमा ३ दिने प्रशिक्षण सकेपछि उनीहरुलाइ एक समारोहका बिच बिदाइ गर्दै खेलमा सफलताको शुभकामना प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेश टेवल टेनिस संघद्वारा आयोजना गरिएको बन्द प्रशिक्षणमा लुम्बिनी प्रदेशबाट छानिएर आएका ८ जना खेलाडीलाइ सहभागि रहेको थिए । देशका ७ प्रदेशबाट छानिएकाहरुको फाइनल खेल पोखरामा जेठको ३० र ३१ गते हुनेछ ।
लुम्बिनी प्रदेश टेवल टेनिस संघका कार्यबाहक अध्यक्ष तथा सचिव रमेश न्यौपानेको अध्यक्षतामा भएको तालिम बिदाइ समारोहमा प्रमुख अतिथि संस्थाका सल्लाहकार अर्जुनमान संजुले उच्च मनोवलका साथमा मैदानमा उत्रिन आग्रह गर्नुभयो । उहाँले खेलाडीहरु जहिले पनि हिम्मत र अनुसासनसहित प्रतियोगितामा जानुपर्ने भन्दै जितका लागि शुभकामना दिनुभयो ।
उहाँले खेल र खेलाडीको बिकासका लागि आफु सदैव लागिरहेको बताउनुभयो । सो अबसरमा बुटवल उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष बिष्णु ढकाल,वडा न ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने, जिल्ला संघका संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष नर बहादुर क्षेत्री , प्रदेश सदस्य महेश खनाल लगायतले बोल्नुभएको थियो ।
साथै सहभागि खेलाडीहरु सुबिन क्षेत्री,सुबिन थापा,सुभम न्यौपाने,सुजल आचार्य,सचिना पुरी,रोशन भण्डारी,राशी बराल,आश्मा टण्डन लगायत अफिसियलहरु लाइ लुम्बिनी प्रदेश टेवल टेनिस संघका अध्यक्ष बिकास बहादुर सिंहले सौजन्य गर्नुभएको टिर्सट समेत प्रदान गरिएको छ ।
३ दिने प्रशिक्षण बुटवल टेवल टेनिस एकेडेमी देबीनगरमा सकिएको खेल प्रशिक्षक कपिल थापाले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)