बुटवल ,भदौ २१।
राष्ट्रिय समाचार समिति [रासस]का बरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आक्रमण भएको छ। आक्रमणपछि टाउकोमा गम्भिर चोट लागेकोले उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। कार्कीमाथि भक्तपुर निवासी उद्धव कार्कीले आक्रमण गरेको जनाइएको छ ।
आक्रमणकारी सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी कार्कीको पहिचान समेत भइसकेको हुँदा उनलाई तत्काल पक्राउ गर्न काभ्रेका पत्रकार हरुले आग्रह गरेका छन् । कार्की प्रेस युनियनका केन्द्रीय समेत हुन् ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको छ । महासंघले कार्कीको तत्काल उपचार र क्षतिपूर्ति समेत आक्रमण गर्ने व्यक्तिबाट भारउन माग गरेको छ । उता, प्रेस युनियनले घटनाको भत्र्सना गरेको छ । 

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)