Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यु–१५ राष्ट्रीय टेवल टेनिस : खेलाडीहरलाइ बुटवलमा ३ दिने प्रशिक्षण शुरु 

यु–१५ राष्ट्रीय टेवल टेनिस : खेलाडीहरलाइ बुटवलमा ३ दिने प्रशिक्षण शुरु 

  • 2.8K
    SHARES

  • यु–१५ राष्ट्रीय टेवल टेनिस  : खेलाडीहरलाइ बुटवलमा ३ दिने प्रशिक्षण शुरु 

    बुटवल,जेठ २७ ।

    यु–१५ राष्ट्रीय टेवल टेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि  बुटवलमा ३ दिने प्रशिक्षण शुरु भएको छ ।लुम्बिनी प्रदेश टेवल टेनिस संघद्वारा आयोजना गरिएको बन्द प्रशिक्षणमा लुम्बिनी प्रदेशबाट छानिएर आएका ८ जना खेलाडी छन् ।

    उनीहरुले अब पोखरामा हुने यु–१५ राष्ट्रीय टेवल टेनिस प्रतियोगिताको फाइनलमा सहभागिता जनाउनेछन् । देशका ७ प्रदेशबाट छानिएकाहरुको फाइनल खेल पोखरामा जेठको ३०,३१ र ३२ गते हुनेछ ।table  tenis.jpg

    लुम्बिनी प्रदेश टेवल टेनिस संघका कार्यबाहक अध्यक्ष तथा सचिव  रमेश न्यौपानेको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले खेल र खेलाडीको बिकासका लागि आफु सदैव लागिरहेको बताउनुभयो । उहाँले खेलक्षेत्रको बिकासका लागि आफ्नो कोषबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    उहाँले आवश्यक बजेट माग गर्नका लागि समितिलाइ प्रस्तावना सहित आउन पनि आग्रह गर्नुभयो । सो अबसरमा  बुटवल उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष बिष्णु ढकाल, जिल्ला संघका संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष नर बहादुर क्षेत्री ,महेश खनाल, प्रज्वल श्रेष्ठ लगायतले बोल्नुभएको थियो । ३ दिने प्रशिक्षण बुटवल टेवल टेनिस एकेडेमी देबीनगरमा भैरहेको खेल प्रशिक्षक कपिल थापाले बताउनुभयो ।tt game.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology