Logo बिहिवार, आश्विन १ गते २०८३
images

शिक्षा विधेयक प्राथमिकतामा नपरेपछि शिक्षामन्त्रीले लेखिन् शिक्षा समितिलाई पत्र

शिक्षा विधेयक प्राथमिकतामा नपरेपछि शिक्षामन्त्रीले लेखिन् शिक्षा समितिलाई पत्र

  • 1.1K
    SHARES

  • शिक्षा विधेयक प्राथमिकतामा नपरेपछि शिक्षामन्त्रीले लेखिन् शिक्षा समितिलाई पत्र

    काठमाडौँ,जेठ २६ ।

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पत्र लेखेकी छन्। समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखिदिन भन्दै मन्त्री श्रेष्ठले समितिलाई पत्र लेखेकी हुन्।

    विधेयक नेपालको विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षासहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएको उनको भनाइ छ।

    विधेयक अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीय तहसहितको तमाम सरोकारवालासँग सम्बन्धित रहेको उनको भनाइ छ। शिक्षा मन्त्रालयबाट दर्ता भई समितिमा छलफलमा रहेका विधेयकहरू मध्ये शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखी दिन अनुरोध गरेकी हुन्। 

    मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि शिक्षा मन्त्रालयले २०८०–०५२७ मा सङ्घीय संसद्को प्रतिनिधि सभामा विधेयक पेश गरेको थियो। प्रतिनिधिसभा बैठकले छलफलका लागि शिक्षा समितिमा पठाएको थियो। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology