Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्व वातावरण दिवस : कालिका मन्दिरमा सरसफाई

विश्व वातावरण दिवस : कालिका मन्दिरमा सरसफाई

  • 1.6K
    SHARES

  • विश्व वातावरण दिवस : कालिका मन्दिरमा सरसफाई

    बुटवल,जेठ २४ । 

    विश्व वातावरण दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र आश्रम युवा संगठनले बुटवल ६ स्थित कालिका मन्दिरमा सरसफाई कार्यक्रम गरेको छ ।

    बिहान बुटवल–६ सुन्दरनगरमा रहेको आश्रम प्रङगढमा लुम्बिनी क्षेत्र आश्रम प्रभारी महात्मा चमेली बाईजी र महात्मा गोर्वधन बाईजी तथा महात्मा ज्ञानपुष्पानन्द महात्मा ज्यूको करकमलबाट बृक्षारोपण गरि सुरुवात गरिएको उक्त क्षेत्र आश्रमका युवा संगठन संयोजक यदुमणी पंगेनी (दिपक) ले जानकारी दिए ।

    नेपाल मानव धर्म सेवा समितिलेले  नेपाल भरिनै विभिन्न कार्यक्रम गरेर वातावरण दिवस सम्पन्न गरेको आश्रमका केन्द्रिय युवा संगठनका सह–संयोजक शिवराज गौतमले बताए ।

    उक्त कार्यक्रममा माता भगवती कालिका मन्दिरका अध्यक्ष ज्यूले मानव धर्मका युवाहरुले गरेको धार्मिक तथा समाजिक कार्यहरुको प्रशंसा गरि धन्यवाद दिए । उक्त कार्यक्रममा ५० युवाहरुले मन्दिर परिसर सरसफाई गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology