Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व वातावरण दिवसमा बृक्षरोपण

विश्व वातावरण दिवसमा बृक्षरोपण

  • 2.6K
    SHARES

  • विश्व वातावरण दिवसमा बृक्षरोपण

    बुटवल,जेठ २३ । 

    मोफसलको एकमात्र प्रोग्रेसिभ स्कुल ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले विश्व वातावरण दिवस बृक्षारोपण सहित विविध कार्यक्रम गरी मनाएको छ । एफ एच इन्टरनेशनल हाइ स्कुल टोरन्टोक्यानडाका सहायक प्राचार्य एलबिन आरयुको प्रमुख आतिथ्यतामा मनाइएको सो कार्यक्रममा चाइना र सिंगापुरबाट यस विद्यालयमा अध्ययनका लागि आएका विद्यार्थी जेभिएर र चेज्ड तथा उनका अभिभावक ग्रेस क्युन र तानमान चुनलाई समेत सम्मान गरिएको छ ।

    क्यानडा ,चिन र सिंगापुरले कसरी वातावरण संरक्षणका लागि काम गरेका छन र नेपालले वातावरण संरक्षणमा केकस्ता चुनौतिहरु सामाना गरिरहेको छ भन्ने विषयमा एफ एच इन्टरनेशनल हाइ स्कुल टोरन्टो क्यानडाका सहायक प्राचार्य एलबिन आर र ब्रिटिस ग्रामर स्कुलका विद्यार्थीका बिचमा अन्तक्रिया समेत भएको थियो । 

    ब्रिटिस ग्रामर स्कुलले  बोस्टन इन्टनेसनल स्कुल चाइना र एफ एच इन्टरनेशनल हाइ स्कुल टोरन्टो क्यानडाकाको सहकार्यमा यहाँका विद्यार्थीलाई चिन , क्यानडा र सिंगापुरको शैक्षिक भ्रमण गराउने गरेको छ । गत वर्ष यस विद्यालयका १० जना विद्यार्थी १५ दिने चिनको भ्रमण गरी फर्केका थिए भने यस वर्ष क्यानडा वा सिंगापुरको शैक्षिक भ्रमणमा लैजाने प्राचार्य जिग्मे शेर्पाले जानकारी दिनुभयो ।

     विश्व वातावरण दिवसको अवसरमा कक्षा ६देखि १० सम्मका विद्यार्थीले विद्यालय परिसरमा विभिन्न जातका १५० विरुवा रोप्नुका साथै बृक्षा रोपणको महत्व दर्साउँदै सरसफाई गरेका छन । कक्षा १ का विद्यार्थीले हेल्दी फुड हेबिटमा रेम्प वर्क र कक्षा २ का विद्यार्थीले ग्राडेन थिममा नाटक प्रदर्शन गरेका छन । कक्षा ३ का विद्यार्थीले फोहरलाई मोहर कसरी गराउने थिममा कला प्रहसन र कक्षा ४ र ५ का विद्यार्थीले वातावरण संरक्षण सम्बन्धी चित्रकला प्रस्तुत गरेको विद्यालयकी इसिए इन्चार्ज रोमा शर्माले बताउनुभयो ।nam.jpg

    मोफसलको एकमात्र क्याम्ब्रिज स्कुलका रुपमा सञ्चालन भई गत वर्षको कक्षा १२ ,१० ,८ र ५ कक्षाको वार्षिक परीक्षामा सत प्रतिशत नतिजा निकालेको यस विद्यालको  शैक्षिक क्षेत्रमा विशेष पहिचान स्थापित गरेको छ ।tree plantation.jpg

    विद्यालयमा अतिरिक्त कार्यकलाप अन्तर्गत पिजीदेखि  कक्षा १२ सम्मका विद्यार्थीका लागि स्विमिङ्ख, फुटसल ,बास्केटबल , कराँते , क्रिकेट ,  आर्ट एन्ड क्राफ्ट , डान्स , म्युजिक क्लासको व्यवस्था गरिएको विद्यालयका म्यानेजर उमेश कँडेलले जानकारी दिनुभयो भने राष्ट्रियस्तरको गायन सो भ्वाइस अफ किड्सको छनौट चरण पार गरेका ७ जना विद्यार्थीमध्ये कक्षा चारकी अक्षता अग्रबाल र कक्षा ५ की नेइसा भुसाल मेघा राउन्ड चरणमा प्रवेश गरी काठमाडौमा आफ्नो प्रस्तुति दिइ रहेका छन् ।st.jpg

    वर्षको प्रारम्भमा नै यस विद्यालयका विद्यार्थी मलेसियामा भएको अन्तर्र्रााष्ट्रय कराँते च्याम्पियन सिपमा पदक जिती देशको नाम उच्च बनाउन सफल भएका छन भने प्राचार्य जिग्मे शेर्पा डेनमार्कको शैक्षिक भ्रमण सकेर फर्कनु भएको छसाथै जेठको १८ र १९ गते ब्रिटिस ओपन एसइई फुटसल टुर्नामेन्ट भव्य रुपमा सम्पन्न  गरेको संस्थापक प्राचार्य  राजेन्द्र कुँवरले बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology