Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघको निर्वाचन समयमै गर्न प्रगतिशीलको माग,पाँच बुंदे अवधारणा पत्र पेश

पत्रकार महासंघको निर्वाचन समयमै गर्न प्रगतिशीलको माग,पाँच बुंदे अवधारणा पत्र पेश

  • 987
    SHARES

  • पत्रकार महासंघको निर्वाचन समयमै गर्न प्रगतिशीलको माग,पाँच बुंदे अवधारणा पत्र पेश

    बुटवल,जेठ २३ ।

    प्रगतिशील पत्रकार संघ नेपालले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशक्य छिटो सम्पन्न गर्न माग गर्दै पांच बुंदे अवधारणा पत्र प्रस्तुत गरेको छ । अध्यक्ष श्यामलाल पोखरेलले विज्ञप्ती जारी गर्दै प्रगतिशीलले सो अवधारणा सार्वजनिक गरेको हो ।

    २७ औं अधिवेशनपछि जेठ २६ गतेसम्म पत्रकार महासंघको वर्तमान कामचलाउ भूमिका रहेको तथा जेठ २६ गतेपछि समिति नै विघटन हुने अवस्थामा छ । महासंघको गरिमा जोगाउनका लागि प्रगतिशील पत्रकार संघ नेपालले महासंघका प्रतिनिधि र सबै पत्रकार संघसंगठनका अध्यक्ष सम्मिलित संयन्त्र तयार गर्नुपर्ने विज्ञप्तीमा उख्लेख गरिएको छ ।

    केन्द्रमा तयार हुने यस खालको संयन्त्रले शुद्धीकरणको मर्म अनुसार न्यूनतम मापदण्ड तयार पार्ने, प्रदेश र जिल्लाका सोही प्रकृतिको संयन्त्रले जिल्ला र प्रदेशमा सर्वसम्मत नामावली तयार गरी केन्द्रमा पठाउने र त्यसको आधारमा केन्द्रले मतदाता नामावली सार्वजनिक गरी यथाशक्य छिटो निर्वाचन गरेर महासंघको गरिमालाई जोगाइ राख्नु पर्ने प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले बताए ।

    मतदाता नामावली तयार भएपछि निर्वाचन तालिका घोषणा गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने प्रगतिशील पत्रकार संघले बताएको छ । श्रमजीवी पत्रकारको हक, हित र अधिकारको पक्षमा आवाज उठाउन साझा र छाता संगठनको रूपमा नेपाल पत्रकार महासंघकोे अस्तित्व र त्यसको निरन्तरता आवश्यक रहेको विज्ञप्तीमा उख्लेख छ । महासंघले सञ्चालन गरिरहेको सदस्यता शुद्धीकरण श्रमजीवी पत्रकारको पक्षमा हुनुपर्ने प्रगतिशीलको माग छ ।

    गत वैशाख २१ र २२ गते महासंकोे २७ औं महाधिवेशन सम्पन्न भएर जेठ २६ गते नयां कार्यसमिति निर्वाचनको मिति तोकिसकेको अवस्थामा जेठ २६ गतेसम्म महासंघकोे वर्तमान समिति संयोजनकारी भूमिकामा मात्रै रहेको प्रगतिशील पत्रकार संघले स्पष्ट पारेको छ ।

    पूर्व अध्यक्ष सम्मिलित सदस्यता शुद्धीकरणसम्बन्धी कार्यदलको म्याद पनि जेठ २६ गतेसम्म मात्रै रहेको छ । यसरी जेठ २६ पछि महासंघको वर्तमान कार्यसमिति कामचलाउ भूमिकामा रहने भएकाले यथाशक्य निर्वाचन छिटो गर्नुपर्ने प्रगतिशील पत्रकार संघको माग छ ।

    यही जेठ २६ गतेपछि महासंघकोे केन्द्रीय समितिसमेत विघटन हुने अवस्थामा नयां नेतृत्व चयन गर्न गम्भीर जटिलता उत्पन्न हुने भएकाले महासंघको निरन्तरताको विकल्प सोच्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

    शुद्धीकरण अभियानबाट पछि फर्किन नसकिने भएकाले महासंलाई श्रमजीवी पत्रकारको संगठन बनाउन सदस्यता शुद्धीकरण आवश्यक रहेको छ । महासंघकोे आधिकारिक निकाय सुर्खेत साधारणसभाले यस सम्बन्धमा निर्णय गरिसकेको छ र त्यसम्बन्धी प्रक्रिया अगाडि बढिसकेको छ । त्यसैले सदस्यता शुद्धीकरणको मूल मर्मअनुसार मतदाता नामावली तयार गरी गरी निर्वाचन कार्यमा अघि बढ्न महासंघलाई प्रगतिशील पत्रकार संघले सिुझाव दिएको छ ।

    जेठ २६ गतेपछि निर्वाचन सम्पन्न गर्ने कार्यमा पत्रकार महासंले संलग्न सबै संठनको सहयोग लिनु उचित हुने प्रगतिशील पत्रकार संघ नेपालका अध्यष श्यामलाल पोखरेलले बताउनुभयो । महासंघको तर्फबाट अध्यक्ष र महासचिव तथा संलग्न सबै पत्रकार संठनको अध्यक्ष सम्मिलित अस्थायी संयन्त्रले सदस्यता शुद्धीकरण सम्पन्न गर्न न्यूनतम मापदण्ड तयार गरेर निर्वाचनमा जानु पर्छ ।

    प्रदेश र जिल्लामा पनि केन्द्रको अनुसार संयन्त्र बनाएर यथाशक्य निर्वाचन गर्नुपर्ने प्रगतिशील पत्रकार संघ नेपालले बताएको छ ।

    pp.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology