बुटवल,जेठ २२ ।
नेपाल बजार विक्रि प्रतिनीधि संघ (नाम्स)को स्थापना दिवसको अवसरमा आश्रममा खाद्यान्न प्रदान गरिएको छ ।
संघको २४ औं स्थापना दिवसको अवसरमा नेपाल बजार विक्रि प्रतिनीधि संघ इकाई समिति लुम्बिनीले बुटवल उपमहानगरपालिका वडा नं १५ उजेलापुरमा रहेको लुम्बिनी अपांग, दृष्टिविहिन अनाथ आश्रममा खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु प्रदान गरिएको इकाई अध्यक्ष विश्वमणी भुसालले नागरिक अनलाइनलाइ बताउनु भयो ।
संस्थाको स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गरी सक्दो सहयोग गरिएको अध्यक्ष भुसालले बताउनु भयो । कार्यक्रममा संघका केन्द्रीय सदस्य लेखमान श्रेष्ठ, सल्लाहकार जीवन बस्याल, सुमन घिमिरे, सचिव बाबुराम वेलवासे लगायत संस्थाका सदस्यहरुको उपस्थितीमा कार्यक्रम गरिएको हो ।
संघले प्रदान गरेको सामाग्रि ग्रहण गर्दै लिलाराम रोका मगरले खुसी व्यक्त गर्नुभयो । उहाँले आफूहरुलाई सम्झेर सहयोग गरेकामा धन्यवाद समेत व्यक्त गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)