Logo बिहिवार, आश्विन १ गते २०८३
images

लालटिन कृषि सहकारीको वार्षिक साधारणसभाद्वारा मर्जरमा जाने बाटो खुल्ला गर्ने निर्णय

लालटिन कृषि सहकारीको वार्षिक साधारणसभाद्वारा मर्जरमा जाने बाटो खुल्ला गर्ने निर्णय

  • 5.7K
    SHARES

  • लालटिन कृषि सहकारीको वार्षिक साधारणसभाद्वारा मर्जरमा जाने बाटो खुल्ला गर्ने निर्णय

    बुटवल,पुस १७- 

    लालटिन कृषि सहकारी संस्था बुटवलले सहकारीको दायरा अझ फराकिलो बनाउँदै मर्जरमा जान सक्ने नीति लिएको छ । शुक्रबार बुटवलमा भएको सहकारीको ५ औं वार्षिक साधारणसभाले संस्थाको उदेश्यसंग मेल खाने सहकारीसँग मर्जरमा जान सक्ने निर्णय लिएको हो ।

    साधरणसभाको अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचनले सहकारीहरुले नागरिकको आर्थिक जीवन उकास्न ठूलो योगदान गरेको बताए । उनले सहकारी अभियानले सबैलाई एकजुट बनाएको बताए । लालटिनले कृषि क्षेत्रको विकासमा योगदान गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

    सहकारीका अध्यक्ष गंगालाल सापकोटाले विभिन्न सहकारीसँग मर्जर गर्ने प्रस्ताव पेश गरे । उनले सहकारी एकिकरणसँगै कार्यक्षेत्र विस्तार गर्ने बताए ।

    उक्त अवसरमा बचत तथा ऋण सहकारी रुपन्देहीका सचिव तथा नेफस्कुनका सञ्चालक सन्दीप सापकोटा, लालटिन सहकारीका सल्लाहाकार लोकराज भुसाल, मालिका बचत तथा ऋण सहकारी अध्यक्ष चित्र बर्मा, बोलबम महिला दुग्ध सहकारीका सल्लाहाकार केशव घिमिरे, संसार बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु वोस्ती, दिपधेनु दुग्ध उत्पादक सहकारी तिलोत्तमाका सञ्चालक केशवराज अर्याल लगायतले बोल्दै लालटिनले विशिष्टकृत सहकारीमा आफूलाई स्थापित गर्न सफल भएको बताए ।

    वार्षिक साधरणसभाका अवसरमा असल ऋणीबाट शुभाषचन्द्र भूसाल, कृषि उद्यमीतर्फ हरिलाल नेपाली, जेष्ठ सदस्यमध्येबाट पदम सिंह पुन, नियमित उत्कृष्ट रक्तदातामध्येबाट आमोश राई, पुरुषतर्फबाट असल सहकारी पसल कारोवारबाट मानसिंह सोमै, महिलातर्फ असल सहकारी पसल कारोवारबाट गीता थापा र सदस्यता बृद्धि गर्ने प्रेमलाल शर्मा पुरस्कृत भएका छन् । २ करोड १२ लाख ३८ हजार कूल शेयर पूँजी रहेको सहकारीको १ हजार ७ सय २ सदस्य छन् ।

    संस्थाका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता, उपाध्यक्ष यज्ञप्रसाद पाध्यको स्वागत तथा सचिव राजु पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । 

    लालटीन कृषि सहकारीद्वारा प्याकेजिङ उद्योग शुभारम्भ

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology