Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए,२ जनाको मृत्यु

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए,२ जनाको मृत्यु

  • 846
    SHARES

  • दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए,२ जनाको मृत्यु

    दाङ,जेठ १८ ।

    दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

    उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology