Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

  • 1.1K
    SHARES

  • अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

    काठमाडौं,जेठ १७ । 

    क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर, उनलाई दूतावासले भिसा दिएन । 

    भिसा नपाएसँगै अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप क्रिकेटमा उनी समावेश नहुने पक्का भएको छ । यसअघि पनि उनले भिसा पाएका थिएनन् । त्यसपछि भिसाका लागि परराष्ट्र मन्त्रालयले नै पहल गरेको थियो । तर पनि उनलाई भिसा दिइएन । 

    सन्दीपलाई नेपाली टिममा सहभागी गराउनकै लागि नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म विश्वकप खेल्ने १५ सदस्यीय टिमको नाम सार्वजनिक गरेको छैन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology