Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल पत्रकार महासंघ रुपन्देही : पत्रकारिता पुरस्कारबाट ५ जना पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ रुपन्देही : पत्रकारिता पुरस्कारबाट ५ जना पत्रकार सम्मानित

  • 1.1K
    SHARES

  • नेपाल पत्रकार महासंघ रुपन्देही : पत्रकारिता पुरस्कारबाट ५ जना पत्रकार सम्मानित

    बुटवल,जेठ १६ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेका पत्रकारिता पुरस्कारबाट ५ जना पत्रकाहरु सम्मानित भएका छन् ।

    बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापित एक लाख रुपियाँ राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० बाट न्युज बुटवल टुडे अनलाईनका सम्पादक लक्ष्मण पौडेल, सूर्यप्रसाद प्रधान स्मृती पत्रकारिता पुरस्कार २०८० बाट रातोपाटी अनलाईनका तेजेन्द्र केसी र सेतोपाटीकी भगवती पाण्डे नगद ५०-५० हजार नगद सहित पुरस्कृत भएका छन् भने बुटवल पब्लीक स्कुलको सहयोगमा स्थापना भएको शिक्षा पत्रकारिता पुरस्कारबाट बुटवल टुडे दैनिकका कृष्ण खनाल र रेडियो जागरणकी अम्बिका परियारले प्राप्त गरेका छन् ।

    आइतबारदेखि सुरु भएको  ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’  विषयक पत्रकारिता तालिमको समापनको  अवसरमा पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकार र मिडियाको क्षेत्रमा उपमहानगरपालिकाले लगानी बढाएको भन्दै पत्रकारिताको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न तयार रहेको बताउनु भयो ।

    उहाँले बुटवल उपमहानगर पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रशिक्षक बाह्रखरी अनलाईनका सम्पादक प्रतिक प्रधानले  पत्रकारलाई खोजमूलक समाचार र लेखनमा थप प्रतिवद्ध बनाउन यस्ता पुरस्कारले प्रेरणा प्रदान गर्ने बताउनु भयो ।

    पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उपमहानगरपालिकाले रुपन्देहीमै ठूलो धनराशीको पुरस्कार स्थापना गरी महासंघसँग सहकार्य गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यमा थप सहकार्य गर्ने बताउनु भयो ।

    तीन दिन सम्म सञ्चालित तालिममा रुपन्देहीका ८० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।समापनको अवसरमा जिल्ला उपाध्यक्ष विश्वास ढकाल, सचिव बिनोद परियार लगायतले बोलेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology