Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओली सरकार जनताको शक्तिसामु पराजित हुन्छ : मोहनविक्रम सिंह

ओली सरकार जनताको शक्तिसामु पराजित हुन्छ : मोहनविक्रम सिंह

  • 2.4K
    SHARES

  • ओली सरकार जनताको शक्तिसामु पराजित हुन्छ : मोहनविक्रम सिंह

    बुटवल,पुस १७- 

    नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् ।

    नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाई छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडाैँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फूटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे । 

    उनले पछिल्लो समय राजावादीहरु प्नि सलबलाएको र उनीहरुको चलखेल सुरु भएकोले गणतन्त्र÷धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको औंल्याए ।

    उनले नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे । उनले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोखे । उनले पार्टीभित्र विधि र प्रक्रिया हुने र बहुमत र अल्पमतपनि ओलीले नअपनाएको आरोप लगाए ।

    प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको उनले स्पष्ट पारे । उनले सरकारविरुद्ध आन्दोलनसमेत सुरु गरिएको जनाए ।

    उनले भने,‘हाम्रो शक्ति सानो छ, तर विचार र नीति भने स्पष्ट छ । सरकारविरुद्ध सुरु गरिएका आन्दोलनमा हाम्रो साथ र समर्थन छ । प्रचण्ड पक्ष, नागरिक समाजले सुरु गरेका आन्दोलनमा हाम्रो समर्थन हुन्छ ।’ उनले ओली सरकार जनताको शक्तिको अघि धेरै दिन नटिक्नेसमेत दाबी गरे ।

    उनले भने, ‘ओली सरकार जनताको शक्तिसामु पराजित हुनेछ । प्रतिगमनकारी शक्ति अवष्य पराजित हुन्छन् ।’ उनले नेकपालाई आफूहरुले कम्युनिष्ट पार्टी नै नमानेको पनि स्पष्ट पारे । 

    उनले आफूलाई काम गर्न दिईएन भन्ने प्रधानमन्त्री ओलीको दाबीमा कुनै सत्यता नभएको पनि जिकिर गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology