Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछाने उपप्रधानमन्त्री भैरहुन् तर गृहको जिम्मेवारीमा रहन मिल्दैन : शेखर कोइराला

रवि लामिछाने उपप्रधानमन्त्री भैरहुन् तर गृहको जिम्मेवारीमा रहन मिल्दैन : शेखर कोइराला

  • 1.2K
    SHARES

  • रवि लामिछाने उपप्रधानमन्त्री भैरहुन् तर गृहको जिम्मेवारीमा रहन मिल्दैन : शेखर कोइराला

    काठमाडौं,जेठ ५ ।

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन्। शनिबार पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताएका हुन्। 

    'उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस्। त्यतिबेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन,' कोइरालाले भने।लामिछाने गृहमन्त्रालयमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने उनले बताए। 'गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ?,' उनले भने। 

    नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी र सांसदले नभई प्रहरीले गर्ने बताए। अहिलेको विवाद कांग्रसले दोषी भनेको र अरूले दोषी छैन भन्नेबीचको कुरा मात्रै रहेकाले निष्कर्षमा पुगेपछि समाधान हुने कोइरालाले बताए। ' प्रश्न उठ्यो तर म क्लिन छु भने छानबिनले पनि क्लिन भइहाल्छु, त्यसमा के फरक पर्छ,' उनले भने।

    संसदमा रवि लामिछानेलाई बोल्न नदिएको भनाइ पनि गलत रहेको कोइरालाले बताए। लामिछाने आफै बोल्न नचाहेको उनको दाबी छ।    

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology