Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि,अपरान्ह ४ बजे बैठक बस्ने

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि,अपरान्ह ४ बजे बैठक बस्ने

  • 2.5K
    SHARES

  • राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि,अपरान्ह ४ बजे बैठक बस्ने

    बुटवल,पुस १७- 

    राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ। आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हाे ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गरेकी थिइन्।  प्रतिनिधिसभा भंग भएपछि पहिलोपटक आज राष्ट्रिय सभा बैठक बस्न लागेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै विरोध भइरहेको छ। यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

    बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिले आज बस्ने बैठकका लागि कार्यसूची पनि बनाएको छ। सुरूमा अधिवेशन सुरू भएको राष्ट्रपति कार्यालयले पठाएको जानकारीको पत्र पढेर सुनाइन्छ।

    त्यसपछि दलका नेताहरूलाई बोल्न समय दिइने बताइएको छ।राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनको मुद्दा उठ्ने सम्भावना छ। तर सर्वोच्चमा विचाराधीन मुद्दाबारे सांसदले बोले आफूले रूलिङ गर्ने अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology