Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्रिमसन अस्पताल १३ औं वर्षमा प्रवेश

क्रिमसन अस्पताल १३ औं वर्षमा प्रवेश

  • 1.6K
    SHARES

  • क्रिमसन अस्पताल १३ औं वर्षमा प्रवेश

    बुटवल,जेठ ३।

    तिलोत्तमा -५ मणिग्राममा रहेको क्रिमसन अस्पताल १२ औं वर्ष सफलताका साथ पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा सहज उपलब्धता, दक्ष जनशक्ति उत्पादन हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ २०६८ साल जेठ ३ गते स्थापित अस्पतालले स्थापनाको १३ औं वर्षमा आईपुग्दा उपत्यका बाहिर स्वास्थ्य क्षेत्रमा आफ्नो विशिष्टता कायम राख्दै गुणस्तरीय र सहज एवं सर्वसुलभ दरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

    बुधबार पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोख्रेलले अस्पताल सञ्चालन भएको ३ वर्षमा आफ्नै सुविधा सम्पन्न भवनमा ५० बेडबाट बिरामीलाई स्वास्थ्य सेवा दिएको बताए । उनले अस्पतालको भौतिक पूर्वाधार  र स्वास्थ्य सेवाहरु थप गर्दै  ५० सैयाबाट १ सय सैयामा विधिवत रुपमा सञ्चालन भैरहेको बताए ।

    डा. पोख्रेलले बोल्दै अस्पतालले बिरामीहरुको उपचारमा  सहजता होस् भन्ने हेतुले २०७३ सालमा न्यूरो सेवा सुरुवात गरी अहिले १६० सलाइसको थप रोगको निदानका लागि सिटीस्क्यान मेसिनको सुरुवात गरिएको बताए । उनले लुम्बिनी प्रदेशमै नभएको सेवा कोभिडपछि दम तथा छाती रोगबाट ग्रसित बिरामीहरुका लागि थप सुविधा दिन ब्रोकोस्कोपी मेसिन अस्पतालमा आईसकेकोले यो मेसिनबाट सेवा सुरुवात गर्ने बताए । उनले निकट भविष्यमा एमआरआई सेवा पनि सञ्चालन गरी सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य रहेको बताए ।

    अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बोल्दै कमाउने कुरा भन्दा पनि विरामीलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिने कुरा ठूलो भएको बताए । उनले सबैको साथ र सहयोगले गर्दा अस्पतालले स्वास्थ्य सेवामा यहाँसम्म आएको बताउँदै हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्  । उनले  बिरामीको उपचारमा विशेष चासोका साथ ध्यान दिदै २२ जना कन्सल्टेण्ट डाक्टरहरु र २ सय ७० भन्दा बढी कर्मचारीहरुबाट सेवा भईरहेको बताए ।

    त्यस्तैगरी क्रिमसन कलेज अफ टेक्नोलोजीका प्राचार्य देवीप्रसाद भण्डारीले बोल्दै  अस्पताललाई शिक्षण अस्पतालको रुपमा निकट भविष्यमा विकास गर्न लागिएको बताए । उनले उपत्यका बाहिर नभएको आइटीको कोर्ष क्रिमसन कलेजबाट सुरु गर्दै  आएको र समयक्रमसंगै स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन भैरहेको समेत बताए ।

    १३ औं वार्षिकोत्सवका अवसरमा अस्पताल परिसरभित्र रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रमबाट करिब ५० युनिट  रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक तथा अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । अस्पतालले वार्षिकोत्सवका अवसरमा जेठ ३ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ओपिटी टिकट निःशुल्कसहित ल्याब परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका  प्रशासकीय अधिकृत मनमोहन भट्टराईले बताए ।

    अस्पतालले विभिन्न विशेषज्ञ डाक्टरहरुसहित क्याथ ल्याब,आई.सि.यु.,एन.आई.सि.यु.,सि.सि.यु, डायलाईसिस, सिटी स्क्यान, प्रसुती, प्रयोगशाला, एम्बुलेन्स,फार्मेसी सेवालगायतका २४ घण्टै सेवाहरु प्रदान गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology