Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नमस्ते एकेडेमीका खेलाडीद्वारा मलेसियामा उत्कृष्ट  प्रदर्शन

नमस्ते एकेडेमीका खेलाडीद्वारा मलेसियामा उत्कृष्ट  प्रदर्शन

  • 1.4K
    SHARES

  • नमस्ते एकेडेमीका खेलाडीद्वारा मलेसियामा उत्कृष्ट  प्रदर्शन

    मलेसिययाको राजधानी  कोलालाम्पुरमा  सम्पन्न २० ओँ अन्तर्राष्ट्रिय  ओकिनवा खुला कराँते  प्रतियोगितामा नेपालको रुपन्देही जिल्लाको  तिलोत्तमा नगरपालिका–१४ स्थित अन्तर्राष्ट्रिय  विद्यालय  बृटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकेडेमी) मा अध्ययनरत  विद्यार्थी सहभागी भइ उत्कृष्ट  प्रदर्सन गरेका छन । 

    २०औं अन्तर्राष्ट्रिय ओकिनवा खुल्ला कराँते प्रतियोगितामा  ६ राष्ट्र  मलेसिया ,इन्डोनेसिया  ,माल्दिभ्स, पाकिस्तान  , भारत ,सिङगापुर र उज्जेकिस्तानलाई  पछि पार्दै  २ स्वर्ण  ,  १ रजत र  १ कास्य पदक प्राप्त  गर्न सफल  भयका छन । अन्तर्राष्ट्रिय  कराँते  खेलमा सात राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको थियो।

    मलेसियामन भएको उक्त खेलमा नेपालको प्रतिनिधित्व गर्दै श्रीलंकामा रहेका बृटिस ग्रामर स्कुल रुपन्देही  (नमस्ते एकेडेमी) विद्यार्थीहरु  कक्षा ४ का आइलेसजङ्ग थापाले  स्वर्ण, कक्षा ३ का आविष्कार श्रेष्ठले  स्वर्ण , कक्षा १ की सान्भी राज्य  लक्ष्मी चन्दले रजत र कक्षा ८ का चन्द्र  शेखर जैसवालले कास्य पाई उत्कृष्ट  प्रदर्सन  गर्दै नेपाल र नेपालीको नाम दक्षिण यसियामा चम्काउन सफल भएको  टिम व्यवस्थापक  तथा कोच कमरुद्दिन अलीले जानकारी  दिए।

    समुदघाटन समारोहमा नेपाल र नेपालीको  खेलाडीको खेललाई  हौसला दिन  चारै जना विद्यार्थीका अभिभावक समेत मलेसिया पुग्नु भएको थियो। अभिभावक र दर्शकले  आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो,राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे  ।

     नेपाल र नेपालीको  नाम विदेशी भूमिमा चिनाउन  सफल कराँते र यसका खेलाडी , कोच र रेफ्रीलाई राज्यले उचित ध्यान दिनु पर्ने संस्थापक प्राचार्य राजेन्द्र  कुँवरले जोड दिए।बृटिस  ग्रामर स्कुल  रुपन्देही  (नमस्ते एकेडेमीले ) यसअघि २०२२ मा  श्रीलंका र २०२३ मा मलेसिया  २०२३ मा श्रीलंकामा  गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो ।  शैक्षिक  समुन्नतिका लागि विद्यालयका प्राचार्य जिग्मे शेर्पा  डेनमार्कको साताव्यापी  शैक्षिक भ्रमण गरेको र त्यहाँका विद्यालयको असल शैक्षिक  अभ्यास यहाँ अनुसरण  गरिने विद्यालयले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology