Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा बिभिन्न निर्णय

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा बिभिन्न निर्णय

  • 4.4K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा बिभिन्न निर्णय

    बुटवल, पुस १६-

    लायन्स क्लव अफ बुटवल सिद्धबाबा बर्ष २०२०-२०२१को छैठौं नियमित बैठकले बिभिन्न निर्णय गरेको छ ।

    लायन्स क्लवका पूर्व तथा निर्बतमान अध्यक्ष,सल्लाहकारहरु सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागितामा भएको बैठकले क्यानडामा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि गोकर्ण पाण्डेको संयोजकत्वमा समिति निर्माण गरेको छ ।

    क्लवका अध्यक्ष ठाकुर प्रसाद आचार्यको अध्यक्षतामा भएको  बैठकले एरिया फोरको बैठकको समीक्षा तथा भर्खरै सम्पन्न न्यानो पोसाक तथा स्टेशनरी सामग्री बितरण कार्यक्रमको समेत समीक्षा गरेको हो।

    बैठकमा क्लवका पूर्व अध्यक्ष स्टाटेजिक डिस्टीक चिफ योगेश घिमिरे,टंक गैरे,बिजय कुमार,गणेश भट्टराइ,क्लवका सचिब कृष्ण बराल,कोषाध्यक्ष नेत्र पाण्डे,फस्ट भाइस प्रेसीडेन्ट ज्योति भण्डारी, प्रेसीडेन्ट एडभाइजर सिताराम रसायली,कार्यक्रम संयोजक डोलराज बस्याल,प्रेस सल्लाहकार कपिल ज्ञवाली लगायतले बोल्दै क्लवको गरीमा र सामाजिक उत्तर दायित्वलाइ अझै अघि बढाउन सबैसंग हातेमालो गर्नुपर्ने बताएका थिए ।

    कार्यक्रममा  नया मेम्बरसीप लिने राजेश्वर प्रसाद श्रेष्ठ,पवन जोशी,शरद भुषाल, रुद्र कार्कीलाइ इन्टरनेशनल मेम्बरसीप किटबाट सम्मान गरिएको क्लवका अध्यक्ष ठाकुर प्रसाद आचार्यले बताउनुभयो । सो अबसरमा क्लवका बिभिन्न गतिबिधिमा महत्वपूर्ण भूमिका निभाउनुहुने सहयोगीहरुलाइ पनि सम्मान गरिएको थियो ।

    lo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology