Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपालमा आज ५३४ जना कोरोना भाइरस संक्रमित थपिए,मृतक १८५६ पुगे

नेपालमा आज ५३४ जना कोरोना भाइरस संक्रमित थपिए,मृतक १८५६ पुगे

  • 4.0K
    SHARES

  • नेपालमा आज ५३४ जना कोरोना भाइरस संक्रमित थपिए,मृतक १८५६ पुगे

    बुटवल, पुस १६-

    नेपालमा आज थप ५३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार जनाको गरिएको पीसीआर परीक्षणमा ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ४४७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५२ हजार ३ सय ५९ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

    कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८५६ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology