बुटवल,बैसाख ३० ।
बुटवल टेवल टेनिस एकेडेमी बुटवल ११ देविनगरको आयोजनामा अन्डर १४ व्याईज/ गल्स सिंगल ओपन टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार हुदै आइरहेको खेलमध्ये हिजो शनिबार भएको प्रतियोगितामा सबिन क्षेत्री प्रथम भएका छन् । उनी ए डिभिजनका खेलाडी हुन् ।
प्रतियोगितामा सुबिन थापालाइ ३-१ ले हराउँदै सबिन क्षेत्री प्रथम भएका हुन् । बिजेता क्षेत्रीले नगद ५ हजार प्रमाणपत्र र मेडल पाएका छन् भने दोश्रो भएका थापाले नगद २ हजार ५ सय सहित मेडल प्रमाणपत्र पाएका हुन् ।त्यस्तैगरि तेश्रो स्थानमा पुस्कर रायमाझी र सुजल आचार्यले नगद १ हजार ५ सय मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरूलाइ टेवल टेनिस संघका जिल्ला अध्यक्ष एनबी क्षेत्री, क्लवका प्रबन्ध निर्देशक प्रज्वल श्रेष्ठ,कार्यक्रम संयोजक नारायण घिमिरे लगायतले पुरस्कार बितरण गरे । 
त्यस्तै गरि प्रतियोगितामा डिभिजन बि तर्फ रिजन खड्का प्रथम भइ नगद ३ हजार प्रमाणपत्र र मेडल पाएका छन् ।दोश्रो भएका दृश्टान्त ज्ञवालीले गद १ हजार ५ सय मेडल र प्रमाणपत्र पाए भने तरि तेश्रो स्थानमा निश्चल भण्डारी र इरिक्सन सिंगलले नगद १ हजार ५ सय मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा राइजिङ प्लेयरबाट सफल थापा पुरस्कृत भए उनले नगद १ हजार ५ सय मेडल र प्रमाणपत्र पाए ।
टेवल टेनिस संघका जिल्ला अध्यक्ष एनबी क्षेत्रीले खेलाडीहरूलाइ सधै मनस्थिति बलियो बनाएर मैदानमा आउन आग्रह गरे । स्कुल देखि नै खेलाडि उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रज्वल श्रेष्ठले जानकारी दिए । उनले आफ्नै खर्चमा कार्यक्रम गरेको र काठमाडौको होप टेवल टेनिस एकेडेमीले सपोर्ट गरेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)