Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा उजिरसिह वडा कप हुँदै,१६ टिम सहभागि

बुटवलमा उजिरसिह वडा कप हुँदै,१६ टिम सहभागि

  • 1.5K
    SHARES

  • बुटवलमा उजिरसिह वडा कप हुँदै,१६ टिम सहभागि

    बुटवल,बैशाख २९।

    बुटवलमा उजिरसिह वडा कप २०८१ हुने भएको छ । बुटवल क्रिकेट विकास समितिको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा  हुने प्रतियोगिताको तयारी पूरा भएको शनिबार पत्रकार सम्मेलन गरि आयोजक क्लबका कार्यबाहक अध्यक्ष रोमित बज्राचार्यले बताए ।

    कार्यक्रममा बुटवल नगर खेलकुद समितिका संयोजक बोनिन पिया, बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकाल, रुपन्देही जिल्ला क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाड, संस्थापक अध्यक्ष गंगाराम सुनार, क्लबका सचिव पुनित पोखरेल, सहसचिव आयुष बोगटीले कप र टाईसिट सार्वजनिक गरेका छन ।

    सोमबारदेखि नहरपुर माबि स्थित मैदानमा हुने प्रतियोगिताको टिम दर्ता, मैदानको पिच तयार लगायतको काम पूरा भएको उनले बताए । कार्यक्रममा बुटवल क्रिकेट विकास समितिका अध्यक्ष रोमित बज्राचार्यले बुटवल क्रिकेटको उर्वरभुमि भईकन पनि स्थाई क्रिकेट मैदान अभावलाई खेप्नुपरेको दुखेसो गरे । प्रतियोगिता संचालन गर्न ३ लाख ५० हजार रुपैया खर्च हुने अनुमान रहेको उनले बताए । आधारभुत क्रिकेट सिकेका युवाहरुलाई प्लेटफर्म दिने गरि प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए ।

    ग्रासरुट क्रिकेट विकाससंगै खेलाडीहरुलाई सीप तिर्खाने नीजि एकेडेमीहरुको योगदान रहेको उनले बताए । स्थानिय सरकारको पहलमा निर्माणधिन खेलमैदानलाई पुरा गरि अहिलेको पुर्वाधार अभाव रोक्न जरुरी रहेको उनले सुझाव दिए। अन्तराष्ट्रियस्तरको मापदण्ड बनाउन १५० यार्डको क्रिकेट मैदान नगरमा जग्गा अभाव रहेपनि ८० यार्डसम्म निर्माण गर्न सकिने उनले बताए ।

    कार्यक्रममा बुटवल खेलकुद समितिका संयोजक बोनिन पियाले नगरको खेल बचाउने, खेलाडीहरुलाई अवसर दिने काम यहाँ रहेका विभिन्न क्लब र संघसंस्थाहरुबाट भएको बताए । क्रिकेट मैदानको विषयमा स्थानिय बासिन्दाहरुसंग सहकार्य गरि अघि बढन सके अघि बढ्ने उनले बताए । क्रिकेट रुचिको खेलका रुपमा पहिचान बनेको भन्दै पालिकाबाट क्रिकेट खेल विकासमा आवश्यक पहल गर्ने प्रतिवद्घता जनाए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले क्रिकेट विकासका लागि स्थापनाकालदेखि नै निरन्तरता दिदै आएको बताए । खेलक्षेत्र सबैभन्दा बढि सम्भावना रहेको र सरकारबाट न्यून लगानीमै सफलता हासिल गरेको बताए । लामोसमयदेखि अलपत्र परेको बहुमुखी क्याम्पस खेलमैदानलाई तयार गर्न लागेको उनले बताए । यो वर्ष १० लाख रुपैया बजेट बिनियोजन गरेर पुर्वाधार निर्माणमा जोड दिएको उनले बताए ।tei sheet.jpg

    प्रतियोगिताका संयोजक राजु रानाले आईसिसिको नियम अनुसार टेनिस बलबाट टि २० फरमेटमा खेल खेलाईने बताए । पहिलो चरणको खेल १६ ओभरको हुने र सेमिफाइनल र फाईनल २० ओभरको खेलाईने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि उपविजेता टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा म्यान अफ दी सिरिजलाई नगद २५००, ट्रफि, प्रमाणपत्र, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई नगद १५०० रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १६ टिमले भाग लिएका छन । गतवर्ष वडा नं ३ को टिम विजेता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology