Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबलकाे उपाधि बुटवललाई

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबलकाे उपाधि बुटवललाई

  • 966
    SHARES

  • अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबलकाे उपाधि बुटवललाई

    बुटवल,वैशाख २९। 

    बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ ।आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९,२५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात पारेको हो ।

    प्रतियोगितामा तिलाेत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र सुद्वाेदन गाउपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।उपाधिसँगै बुटवलले नगद ५० हजार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।उपविजेता तिलाेत्तमाले नगद ३० हजार,तृतीय हुने गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुद्वाेदनले नगद १० हजार प्राप्त गरेको छ ।

    प्रतियोगिताका विजेता उपविजेता,तृतीय,सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,उपप्रमुख सावित्रा देवि अर्याल,नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पिया लगायतले पुरस्कार,तथा सहभागीताकाे प्रमाणपत्र प्रदान गरेका थिए ।प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाकाे सहभागीता रहेको कार्यक्रम संयोजकसेरजंग गुरूङले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, बैशाख २९ २०८११०:०४:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology