Logo बिहिवार, आश्विन १ गते २०८३
images

 मङ्गलवारसम्म तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

 मङ्गलवारसम्म तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

  • 1.1K
    SHARES

  •  मङ्गलवारसम्म तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

    काठमाण्डौ,बैशाख २९ ।

    आउँदो मङ्गलवारसम्म देशका तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ ।

    यो हप्ताको मध्य अर्थात् भोलि आइतवार, पर्सि सोमवार र मङ्गलवारसम्म गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ तथा बाँकी पहाडी भू–भाग र तराई क्षेत्रका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कृषि–मौसम सल्लाह बुलेटिनमा उल्लेख छ ।

    नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा कृषि–मौसम सल्लाह बुलेटिन तयार पार्दै आएको छ । बुलेटिनले हप्ताको शुरुवात शुक्रवार र शनिवार, मध्य आइतवार, सोमवार र मङ्गलवार तथा हप्ताको अन्त्य बुधवार र बिहीवारलाई आधार मान्ने गरेको छ ।Buletin_ff_oyQvVqQ6ql.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, बैशाख २९ २०८१०७:५७:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology