Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर 

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर 

  • 765
    SHARES

  • नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर 

    बुटवल,बैसाख २८ ।

    नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

    यही मे १२ का दिने मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी बुटवल–११ स्थित शहरी स्वास्थ्य केन्द्रमा विहिबार आयोजित शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको पहिचान सम्बन्धी परीक्षण गरिएको हो । 

    स्वास्थ्य शिविरमा १६१ जना महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि रोगका पहिचानका लागि स्क्रिनिङ गरिएको लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले जानकारी दिइन् । सो क्रममा १० जना महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्ष्यण देखा परेको थियो भने ३ जना महिलामा स्तन क्यान्सर हुन सक्ने लक्ष्यण देखा परेको नर्सिङ प्रमुख पौडेलले जानकारी दिइन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अनिता पुन र वरिष्ठ स्तन क्यान्सर रोग विशेषज्ञ डा. संजय पाण्डेसहित नर्सिङ स्टाफहरुको सहभागितामा शिविर गरिएको थियो । शिविरमा निःशुल्क औषधी वितरण, परामर्श तथा थप उपचारका लागि आवश्यक प्रक्रिया बारे सेवा प्रदान गरिएको थियो ।  

    बुटवल उपमहानगरको सहयोगमा आयोजना गरिएको शिविरमा वडा नम्बर ९ र ११ का महिलाहरुलाई लक्षित गरी शिविर सम्पन्न गरिएको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सेवा र पूर्वाधारका हिसाबले सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।

    उपमहानगरले शहरी स्वास्थ्य केन्द्रहरुमार्फत जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै ‘जेष्ठ नागरिकहरुसँग नगर प्रमुख’ कार्यक्रमबाट पनि उनीहरुलाई घरमै पुगेर स्वास्थ्य लगायतका सेवा प्रदान गर्दै आएको जानकारी गराए ।

    यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले स्वाथ्य सेवामा नर्सिङ स्टाफहरुको भूमिका बारे चर्चा गर्दै दिवसलाई पनि सेवा गरेरै मनाउनु सकारात्मक भएको उल्लेख गरे । कार्यक्रम लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघ बुटवल इकाई कमिटी अध्यक्ष कुमारी हरी केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology