Logo मंगलवार, श्रावण १२ गते २०८३
images

 दिवंगत पोख्रेलको घरमा शशांक कोइराला सहितका काँग्रेस नेताहरुको भिड 

 दिवंगत पोख्रेलको घरमा शशांक कोइराला सहितका काँग्रेस नेताहरुको भिड 

  • 3.6K
    SHARES

  •  दिवंगत पोख्रेलको घरमा शशांक कोइराला सहितका  काँग्रेस नेताहरुको भिड 

    बुटवल,पुस १६-

    सामाजिक अभियन्ता प्रकाश पोखे्रलका पिता हिमनाथ पोख्रेलको निधन भएपछि कांग्रेस नेताहरु समबेदनाका लागि पुगेका छन्  ।

    तेस्रोदिनको पुण्य तिथिमा स्व पोखरेलको आत्माको चीर शान्तिको कामना गर्दै पोख्रेल निवास कपिलवस्तु बाणगङ्गा  ४ मा आज बिहान नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला,कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्रीहरु दिपक गिरि, डा मिनेन्द्र रिजाल, कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य अतहर कमाल, कांग्रेस कपिलवस्तुका सभापती तथा पुर्व राज्यमन्त्री सुरेन्द्रराज आचार्य, बुद्धभुमी नगरपालिका कपिलवस्तुका मेयर केशव श्रेष्ठ, नेपाली कांग्रेस बुटवल उपमहानगर सभापती खेलराज पाण्डे, महासमिती सदस्य चित्र केसी, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी पौडेल, कांग्रेस जिल्ला सदस्य हरि प्रसाद तिवारी, महिला संघ रुपन्देही सदस्य रिता सेन, लगायत नेपाली  कांग्रेस, तरुण दल र नेबिसङ्का नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।

    बि सं १९८९ मा गुल्मी नयाँगाउँ अरौदीमा जन्मनु भएका समाजसेवी हिमनाथ पोख्रेलले आफ्नो चौरासी पुजाको अवसरमा तुलादान बरावरको रकम  नयाँ गाउँ माबी गुल्मि लाई दान गनुभएको थियो।

    विभिन्न समाजिक कार्यमा सहयोग पुराउदै आउनुभएका पोख्रेल बिगत ५ बर्ष देखि बाणगङ्गा ४, कपिलवस्तुमा बसोवास गर्दै आउनुभएका पोख्रेल का ८६  वर्षिय श्रीमती, ४ छोरीहरु र ५ भाइ छोराहरु छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology