Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु ,२४ घण्टामा ९० हजार संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु ,२४ घण्टामा ९० हजार संक्रमित थपिए

  • 2.5K
    SHARES

  • पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु ,२४ घण्टामा ९० हजार संक्रमित थपिए

    काठमाडौं ,भदौ २१।

    भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन ।

    शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् ।हालसम्म यहाँ ४१.१० लाख संक्रमति भेटिइसकेका छन् । यस्तै एकैदिन यहाँ ७३ हजार बिरामी निकोसमेत भइसकेका छन् । यससँगै यहाँ निको हुनेको संख्या ३१.७७ लाख पुगेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु भएको छ भने हालसम्म यो संक्रमणले भारतमा ७० हजार ६ सय ७९ ले ज्यान गुमाइसकेका छन् । ८.६१ लाख बिरामीको उपचार चलिरहेको छ ।

    एजेन्सी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology