Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

  • 687
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौँ,वैशाख २८ ।

    नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजेका लागि तय गरिएको छ ।

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ ।
    कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

    यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology