Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यु-१४ टिट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधी न्यु होराइजनलाइ

यु-१४ टिट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधी न्यु होराइजनलाइ

  • 1.9K
    SHARES

  • यु-१४ टिट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधी न्यु होराइजनलाइ

    बुटवल,बैशाख २७ । 

    रुपन्देहीमा जारी जेट नेपाल यु-१४ टिट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधी न्यु होराइृजन बोर्डिङ स्कुलले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा बिहीबार भएको फाईनल खेलमा र बुद्ध पब्लिक स्कुललाइ ३ बिकेटले पराजित गरेको आयोजक क्लबका अध्यक्ष भुवन पाण्डेले बताए ।

    न्यु होराईजन स्कुलले स्टार क्रिकेट एकेडेमीलाई ५७ रन तथा बुद्ध पब्लिक स्कुलले आयोजक वेष्ट्रन क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

    बिजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव सचिव प्रशान्त बिक्रम मल्ल, क्लवका अध्यक्ष भुवन पाण्डे लगायतले पुरस्कार  बितरण गरेका सचिव बिष्णु पाण्डेले जानकारी दिए ।सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले खेलकुदको क्षेत्रमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताए । 

    बुटवलबाट प्रतिनिधित्व गर्ने खेलाडी भनेको यहाको सेरोफेरोका धेरै जिल्लाको प्रतिनिधित्व गर्ने उनले बताए। विकासको मोडल खेलकुदलाई अघि बढाउन जरुरी रहेको उनले बताए। खेलकुद भनेको प्रतिस्प्रर्धाको विधा भएकोभन्दै यसबाट आम नागरिकको जिवनलाई सिकाईको रुपमा रहेको उनले बताए। खेलाडीहरुलाई प्रोत्साहन हुने गरि कार्यक्रम अघि बढाउने उनले बताए।

    प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न क्लबका ८ टिमलाई दुई पोलमा राखेर खेलाईएको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद २१ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ११ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरुलाई समेत विधागत रुपमा नगद तथा मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले गरेका थिए । 

    कार्यक्रमको लाइभ बुद्ध सामुदायिक टेलिभिजनले गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology