Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कक्षा १२ को उत्तरपुस्तिकासहित ४ जना पक्राउ

कक्षा १२ को उत्तरपुस्तिकासहित ४ जना पक्राउ

  • 1.1K
    SHARES

  • कक्षा १२ को उत्तरपुस्तिकासहित ४ जना पक्राउ

    काठमाडौं,वैशाख २७।

    राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । वैशाख २६ गते बिहान सञ्चालन भएको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रश्नपत्र आउट गरी काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरूविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंकोका प्रहरी उपरीक्षक तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology