Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अहिलेको प्रतिकूल अवस्थामा मेलमिलापको सान्दर्भिकता बढ्दाे : प्रकाशमान सिंह

अहिलेको प्रतिकूल अवस्थामा मेलमिलापको सान्दर्भिकता बढ्दाे : प्रकाशमान सिंह

  • 2.1K
    SHARES

  • अहिलेको प्रतिकूल अवस्थामा मेलमिलापको सान्दर्भिकता बढ्दाे : प्रकाशमान सिंह

    बुटवल,पुस १६-

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको प्रतिकूल अवस्थामा मेलमिलापको सान्दर्भिकता रहेको बताएका छन्। आज मेलमिलाप दिवसका दिन सिंहले ०३३ सालमा विपी र गणेशमान ‘राजनीतिक शक्ति र जनता मिलेर देश बचाऔं’ भनेर भारतबाट नेपाल फर्केको उल्लेख गरेका छन्।

    तत्कालीन सभापति विपी कोइराला र नेता गणेशमान सिंहलाई सम्झँदै उनले मेलमिलापको नीति सान्दर्भिकता बढ्दै गएको बताए । 

    विपी र गणेशमान ८ वर्ष भारत निर्वासन बसेपछि मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए।‘परिवर्तनका बाहक शक्ति राजनीतिक दलहरूका बीचमा राष्ट्रिय मुद्दामा मेलमिलापको सान्दर्भिकता सरकार सिर्जित अहिलेको प्रतिकूल राजनीतिक परिस्थितिमा थप टड्कारो देखिन्छ,’ सिंहले भनेका छन्।

    उनले विपी र गणेशमानले ०३३ सालमा लिएको मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताए।‘उहाँहरुले ०३३ सालमा लिनुभएको यो मेलमिलापको नीतिको सान्दर्भिकता आज पनि उत्तिकै छ,’ उनले भने, ‘०४६ सालमा मेलमिलापकै कारण लौहपुरूष गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट पार्टीहरू समेत सहभागी भएर जनआन्दोलन सफल भएको थियो ।’bp and ganesh man.jpg

    उनले संविधान जारी हुँदा पनि दलहरूका बीचमा बलियो एकता देखिएको उल्लेख गरेका छन्। ‘संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार हो। यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी छ,’ सिंहले भनेका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology