Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त

  • 2.8K
    SHARES

  • कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त

    विराटनगर, वैशाख २७ ।

    कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ  । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

    संविधानको धारा १६८ को उपधार ५ बमोजिम बहुमत प्राप्त गर्ने आधारसहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनाको अवधिभित्रै कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गराई कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

    कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा माओवादी केन्द्रका १३ जना र एमालेका ३९ जना गरी ५२ जना सांसदले समर्थन गर्नुभएको छ ।

    पहिलो पटक २०७९ पुस २४ मा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले केन्द्रमा सत्तासमीकरण फेरिएपछि २०८० असार १४ मा राजीनामा दिनुभएको थियो । सर्वोच्च अदालतको परमादेशपछि २०८० भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

    उहाँले विश्वासको मत पाउने सम्भावना नभएपछि गत असोज २० गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसको सात महिनापछि पुनः कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology