बुटवल, पुस १५-
यसबर्षको स्वामिनारायण मुक्तिनाथधाम पत्रकारिता पुरस्कार बरिस्ठ पत्रकार डि आर घिमिरेलाई प्रदान गरिएको छ । धामका प्रमुख संरक्षक स्वामि लोकानन्दको जन्मोत्सवको अवसर पारेर सो पुरस्कार बितरण गरिएको हो ।
स्वामिनारायण मुक्तनाथधाम पत्रकारिता पुरस्कार बरिस्ठ पत्रकार डिआर घिमिरेलाई प्रदान गरिएको छ ।सो पुरस्कार प्रत्येक बर्ष प्रदान गरिदै आएको छ । घिमिरेलाई दोसल्ला,प्रशंसापत्र,र नगदसहित सम्मान गरिएको छ ।
बुटवलको नयाँगाउमा रहेको स्वामिनारायण मुक्तिनाथधामले प्रत्येक बर्ष यो पुरस्कारबाट रुपन्देहीका एकजना पत्रकारलाई प्रदान गर्दै आईरहेको छ ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदी,उपप्रमुख गोमादेवी आचार्य,धामका अध्यक्ष धर्मराज शर्मा,पूर्व अध्यक्ष डिल्लीराम शर्मा आचार्य,सचिब बाबुराम महत,बरिस्ठ पत्रकार डि.आर घिमिरे, गोबिन्द खनाल,गोपाल पाण्डे, कपिल ज्ञवाली, रिता केसी लगायतले बोल्दै स्वामि लोकानन्दको दीर्घ जीवनको कामना गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)