Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देवदह नगरपालिका र राष्ट्रिय आवास कम्पनीका प्रतिनिधिबीच छलफल

देवदह नगरपालिका र राष्ट्रिय आवास कम्पनीका प्रतिनिधिबीच छलफल

  • 999
    SHARES

  • देवदह नगरपालिका र राष्ट्रिय आवास कम्पनीका प्रतिनिधिबीच छलफल

    देवदह,बैसाख २५ ।

    देवदह नगरपालिका र राष्ट्रिय आवास कम्पनीका प्रतिनिधिबीच देवदह नगरपालिकामा छलफल भएको छ । देवदह नगरपालिकाको वडा नं १, २, ११ र १२ मा रहेको आवास कम्पनीको जग्गामा बसोबास गर्ने नगरवासीलाई लालपुर्जा दिलाउने विषयमा नगरपालिका र कम्पनीबीच मंगलबार छलफल भएको हो । 

    छलफलमा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, प्रवक्ता गणेश डुम्रे लगायत वडा अध्यक्ष र राजनितिक दलका प्रतिनिधिले बर्षौदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गाको प्रक्रिया पुरा गरेर लालपुर्जा वितरण गरिनुपर्ने बताए । जग्गाको राजश्व बढी भएको र लालपुर्जा भएकै जग्गाको मूल्य भन्दा बढी राजश्व तिरेर लालपुर्जा लिनसक्ने अवस्थामा स्थानीयवासी नभएकोमा जोड दिंदै उनीहरूले राजश्वमा सहुलियत दिन माग गरे । 

    छलफलमा बोल्दै कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले राजश्व घटाउन नसकिने भएपनि स्थानिय सरकारले पहल गरेमा अवस्था हेरी २५ देखि ७५ प्रतिशतसम्म राजश्व छुट दिन सकिने प्रावधान रहेको बताए । स्थानीय सरकार र प्रमुख जिल्ला अधिकृतले आवश्यक प्रक्रिया पुरा गरि फाइल पठाएको खण्डमा आफूहरूले आवश्यक प्रक्रिया पुरा गरि लालपुर्जा दिन चाहेको उनको तर्क छ । 

    आफूहरू प्रक्रिया पुरा गरेर सहज ढंगले लालपुर्जा वितरण गर्नकै लागि नियुक्त भएको उल्लेख गर्दै उनले त्यसको लागि सबैभन्दा पहिले स्थानिय सरकारले प्रक्रिया अघि बढाउनु पर्ने विचार व्यक्त गरे । 

    कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा बसेको बैठकमा आवास कम्पनीका अधिकारी र देवदहमा रहेको आवास कमपनीमा बसोबास गर्दै आएका स्थानीय लगायतको उपस्थिति थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology