Logo बिहिवार, आश्विन १ गते २०८३
images

गोरखापत्र १२४ औं वर्षमा : ‘गोरखापत्रले जनताको एजेण्डा बोक्नुपर्छ’

गोरखापत्र १२४ औं वर्षमा : ‘गोरखापत्रले जनताको एजेण्डा बोक्नुपर्छ’

  • 1.0K
    SHARES

  • गोरखापत्र १२४ औं वर्षमा  : ‘गोरखापत्रले जनताको एजेण्डा बोक्नुपर्छ’

    बुटवल,बैसाख २४  ।

    गोरखापत्रले जनताको एजेण्डा बोक्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रदेश स्तरिय कार्यालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले गोरखापत्रलाई नागरिकप्रतिको जवाफदेहितालाई सदैव ख्याल राख्न आग्रह गर्नुभयो । 

    नेपाली पत्रकारिता,भाषा र साहित्यको संरक्षण र सम्वद्र्धनमा यसको भूमिका अहम रहेको स्मरण गर्दै समयानुकुल परिमार्जन गर्दै लैजानुपर्नेमा उहाँहरुको जोड थियो ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नेपाली पत्रकारिताको पाठशालालाई अझै बलियो बनाउनुपर्ने बताउनुभयो ।

    उहाँले गोरखापत्रले प्रकाशन गर्ने हरेक संस्करणहरु पठनीय हुने भन्दै सरकारको पक्षमा मात्रै नभइ जनताको एजेण्डामा केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘पत्रकारिता मासिदै छ,पत्रकार बढेका बढ्यै छन् ,समाजले हेर्ने दृष्टिकोण बदल्नका लागि पत्रकार पनि सच्चिनुपर्छ,इथिक्समा रहेर काम गर्नुपर्छ । ’ उहाँको भनाइ छ ।

    बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले गोरखापत्रको इतिहास नै काफि भएको भन्दै बर्तमान र भविश्यसम्म त्यसलाई जोगाउदै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले यसका हरेक प्रकाशनले सबै भाषाभाषीमा समेत यसको पहुँच पुगेको बताउनुभयो ।बुटवलको बिकासलाइ अगाडि बढाउन कलम चलाइदिन उहाँको आग्रह छ । युवा पलायन रोक्न नसके मानवबस्ती रहित समाज बन्ने उहाँको चिन्ता छ  ।

    होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले समाजलाइ संस्कारयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । निरासाजनक बन्दै गइरहेको भन्दै सामाजिक बिकृती चिर्नका लागि अनुरोध गर्नुभयो । भैरहवामा निर्माण सम्पन्न अन्तराष्ट्रिय बिमानस्थल चाडै पूर्ण क्षमतामा चलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । पत्रकारका कलमले जस्ताको तस्तै लेखेर समाज बदल्न आवश्यक रहेको उहाँको निश्कर्ष थियो ।

    रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बुटवललाइ चलायमान बनाउनुपर्ने भन्दै ब्यबसायीको अरबौ रकम डुब्ने अवस्था आउनसक्ने चिन्ता गर्नुभयो । उहाँले बुटवलको बिकासलाइ फरक ढंगले अगाडी बढाउनुपर्ने र उद्योग तथा पर्यटन क्षेत्रको बिकासमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले जनताका समाचार,ओझेलमा परेका बिषयबस्तुलाइ अगाडि बढाइदिन आग्रह गर्नुभयो । लगानी सुरक्षित बनाउन बुटवललाइ थप चलायमान र रात्रीकालिन बजार चलाउने वातावरण बनाउन मिडियाको भूमिका रहने उल्लेख गर्नुभयो ।

    प्रदेश संयोजक भुवन कार्कीको अध्यक्षता,सिद्धार्थनगर समाचारदाता कपिल ज्ञवालीको संचालन,बुटवल समाचारदाता छवि पाण्डेको स्वागत तथा भैरहवा समाचारदाता लक्ष्मण पौडेलको धन्यबाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको हो । 
    सुधारवादी शासकको रुपमा चिनिएका तत्कालिन श्री ३ देवशम्शेरले प्रकाशन प्रारम्भ गरेको ‘गोर्खापत्र’ साप्ताहिकको रुपमा पहिलो पटक वि. सं. १९५८ साल वैशाख २४ गते प्रकाशित भएपछि नेपाली पत्रकारिताको जग शुरु भएको हो ।gorkhapatra.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology