Logo मंगलवार, श्रावण १२ गते २०८३
images

न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लव विजयी

न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लव विजयी

  • 969
    SHARES

  • न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लव विजयी

    बुटवल,बैशाख २४ ।

    रुपन्देहीमा जारी जेट नेपाल यु-१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा न्यु होराईजन माबि र वेष्ट्रन क्रिकेट क्लब विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा आईतबार भएको खेलमा न्यु होराईजनले होराईजन जिबिएसलाई १०३ रन तथा वेष्ट्रन क्रिकेट क्लबले एमएसएमटी एकेडेमी नौतनहवालाई २७ रनले पराजित गरेको हो ।

    नहरपुर माविस्थित खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको न्यु होराईजनले १९।२ ओभरमा सबै बिकेट गुमाएर २०२ रनको बिशाल लक्ष्य खडा गरेको थियो ।

    उसका अमित यादवले शानदार अर्धशतक पुरा गरे । यादवले २३ बलमा ६२ रन जोडे । यसैगरि अरुण कुमार नाउले १२ बलमा ३१ रन बनाए । होराईजन जिविएसका जुनेल रोका, अर्पसन जिसी र राजिव क्षेत्रीले समान २—२ बिकेट लिए । होराईजन जिबिएस पुरै २० ओभर खेल्दै ६ बिकेटको नोक्सानीमा ९९ रनमात्र जोड्न सफल भयो । कम स्कोरमा रोक्न न्यु होराईजनका अरुण कुमार नाउले ३ बिकेट लिए । खेलमा न्यु होराईजनका अमित यादव प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    यसैगरि दोस्रो खेलमा टस जितेर वेष्ट्रनले निर्धारित २० ओभरमा ८ बिकेटको नोक्सानीमा १५२ रनको लक्ष्य खडा गरेको थियो । वेष्ट्रनका केशव रायमाझीले ५५ बलमा शानदार अर्धशतक पुरा गरे । मोहमद आसिफले २२ बलमा २७ रनको योगदान दिए । पाहुना टोली एमएसएमटीका सचिन चौरासियाले ३ तथा फालचन्द प्रजापतीले २ बिकेट लिए ।

    मध्यम लक्ष्य पछ्याएको एमएसएमटी निर्धारित २० ओभर खेल्दै ९ बिकेट गुमाएर केवल १२५ रनमा समेटियो । उसका लागि सचिन चौरासियाले २५, शहिद रजाले २४ तथा ओपनर राज गौडले १८ रनको योगदान दिएपनि जित निकाल्न सकेनन । कम स्कोरमा रोक्न वेष्ट्रनका सुप्रिम कंडेल र श्रीयान्सु ज्ञवालीले समान ३—३ तथा निश्चल पौडेलले २ बिकेट लिए । खेलमा वेष्ट्रनका केशव रायमाझी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    सोमबार लिग चरणको पहिलो खेलमा एमएसएमटी क्रिकेट एकेडेमी र होराईजन जिबिएस तथा दोस्रो खेलमा स्टार क्रिकेट र बेष्ट्रन क्रिकेट एकेडेमी बिचमा खेल हुने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology