-प्रजापाल गिरी 
केहि बास्तबिक र केहि काल्पनिक बिषयहरुलाई समेटेर निर्माण भएको Docu-Dramatic Film " सेतिबेणी " बैशाख २९ गते बुटवलको मिलन हलमा बिशेष प्रदर्शन हुँदैछ ।
स्थानीय लेखक निर्देशक, स्थानीय कलाकारको शशक्त अभिनय देख्न पाइने भएकाले बुटवलबासी भएको नाताले पनि हर्षित र कौतुहल हुनु साथै आउने दिनमा बुटवलले सिने जगतमा बलियो उपस्थिति र प्रभाव जमाउने छ भन्ने अपेक्षा गर्नु स्वभाविक नै छ । सेतीबेणी चलचित्रले हरेक कोणबाट सफलता प्राप्त गर्न सकोस हार्दिक शुभकामना ।
तिन जिल्ला ( गुल्मी, पर्वत र स्याङ्जा ) को संगमस्थल सेतिबेणी ठाउँ बिशेषको नाम मात्र होइन यो हिन्दु सम्प्रदायका मानिसको धरोहर हो । केवल धार्मीक पर्यटकिय आकर्षण होइन हिन्दुहरुको सनातन देखिको आस्थाको केन्द्र हो । सेतिवेणी धर्मसंग मात्र जोडिएको बिषय पनि होइन यो सभ्यता हो, यो सस्कृती…
[13:38, 5/5/2024] Prajapal Giri: समग्रमा चलचित्रले सेतीबेणीका धार्मीक, पौराणिक लगायतका बहुपक्षहरु माथी चित्रित गर्ने प्रयत्न गरेको छ । त्यसैगरी कालीगण्डकी नदीको महत्व, यसको ऐतिहासिकता र यसको बहुउपयोगितालाई प्रस्तुत गरेको छ । सँगसँगै चलचित्रले मनोरन्जनात्मक शैलीमा यस भेगको सामाजिक, आर्थिक बिषयलाई समेत मिहिन तरिकाले प्रष्ट्याउने कोशिश गरेको छ । चलचित्रले पत्रकार र पत्रकारीताको धर्म र भुमिकाको बिषयलाई पनि उजागर गरेको छ ।
यि माथि उल्लेखित सबै बिषयहरु "सेतिबेणी" Docu-Dramatic Film को लेखन/निर्देशन बाबुराम घिमिरेले गर्नुभएको छ । कलाकारीता नै आफ्नो अन्तिम रुची ठान्ने भएरै उँहा नेपाली रंगमन्चको दुनियामा ३८ बर्षदेखि निरन्तर कृयाशिल हुनुहुन्छ । स्टेज कमेडिएनबाट आफ्नो कलाकारीता पस्कन थालेका घिमिरेले दर्जनौ Short Movie, २२भन्दा बढि बिषयमा नाटक लेखन र ५०० भन्दा बढि स्थानमा नाटक प्रदर्शन र अभिनय गरिसकेका छन ।परिपक्व लेखक एवम् निर्देशक घिमिरेका झटारो, भाग्य अफ्नो आफ्नो, यो जिन्दगी जस्ता ७ वटा सानो पर्दाका सफल धारावाही चलचित्र पस्कि सकेका छन । चलचित्रका निर्देशक घिमिरे बुटवलको शैक्षिक गुणस्तरको बिकासमा कृयाशिल र वातावरण बचाउ आन्दोलनका अभियन्ताका रुपमा समेत बिभिन्न सस्थामा आबद्ध भएर काम गरिरहेका छन ।
मोफसलमा बसेर समेत नेपाली सिने जगतमा योगदान पुर्याईरहेका घिमिरेले लेखन, निर्देशन र अभिनय गरेको मानव बेचबिखन बिरुद्धको चेतनामुलक चलचित्रले २०७० सालमा NFDC को उत्कृष्ट लेखनमा मनोनयन भएको थियो । सोहि चलचित्रले Box Office मा Best of 5 award जित्न सफल भएको थियो । सेतीबेणी चलचित्रले उठान गरेका बिषय, लेखन, निर्देशन, अभिनय लगायत सम्पुर्ण पक्ष शशक्त भएका कारण राष्ट्रीय स्तरमा सम्मान हुने र चलचित्र सफल हुनेमा निर्देशक बाबुराम घिमिरे बिश्वस्त देखिन्छन ।
भारतिय सेनामा २२ बर्ष सेवा गरि हवल्दार पदबाट निबृत्त हुनु भएका बुटवलकै १७ नम्बर वडाका स्थानीय बासिन्दा सामाजीक अभियन्ता कमल गुरुङको सह-निर्देशन रहेको चलचित्रको मुख्य अभिनय कृष्ण खनाल, सम्झना पौडेल सुबेदी, शान्तराम गिरी, मान प्रसाद सुबेदीले गर्नुभएको छ ।
चलचित्रका लेखक एवम् निर्देशक बाबुराम घिमिरेसंगको कुराकानीमा आधारित भएर लेखिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)