Logo बिहिवार, आश्विन १ गते २०८३
images

५ जना युवाहरुको लगानीमा बुटवलमा खुल्याे डि फाईभ रेष्ट्रो (भिडियाे सहित)

५ जना युवाहरुको लगानीमा बुटवलमा खुल्याे डि फाईभ रेष्ट्रो (भिडियाे सहित)

  • 15.0K
    SHARES

  • ५ जना युवाहरुको लगानीमा बुटवलमा खुल्याे  डि फाईभ रेष्ट्रो (भिडियाे सहित)

    बुटवल,पुस १५ -

    अंग्रेजी नयाँ २०२१ वर्षसंगै बुटवल ९ कालिकापथमा डि फाईभ रेष्ट्रो एण्ड बार संचालनमा आएको छ । कालिकापथ स्थित दुईतल्ले आकर्षक भवनको माथिल्लो तल्लामा रेष्टुरेन्ट सेवा शुभारम्भ भएको छ ।

    पाँच युवा उद्यमीहरुले नयाँ सेवासुविधायुक्त डि फाईभ रेष्ट्रो एण्ड बार संचालनमा ल्याएका हुन । संचालकहरु दिनेश थापा, समीर बन्जाडे, सरोज कुमारी यादव, सुरज भट्टराई, अभिषेक थापा गरि ५ जना युवाहरुको लगानीमा खुलेको हो ।

    करीब १५ सय स्क्वायर फुट एरियामा आकर्षक सजावट गरि युवाहरुको १ करोड २० लाखमा पुर्वाधार तयार भएको छ । सबै तयारी भएपनि लक डाउनका कारण ६ महिना ढिलागरि शुभारम्भ गरिएको संचालक दिनेश थापाले बताए ।

    ईन्डोर ४० जना क्षमताको रेष्टुरेन्ट, बाल्कोनिमा ३० जना क्षमता रहेको छ यसैगरि १० जना क्षमताको स्मोकिङ जोन सहितको ब्यवस्था रहेको छ । ब्यापारिक घराना लक्षित गरि आकर्षण डिजाईन गरिएको उनले बताए । ईण्डियन सेफ विशेष सहितका सेवा रहेको उनले बताए ।

    विहिबार होटल एशोसियन अफ नेपालका केन्द्रीय सदस्य गोपाल रानाले उद्घाटन गर्ने सुरज भट्टराईले बताए । उद्घाटनभरि पवन गिरि, अमित बराल, बिक्रम बराल लगायत राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुतीसंगै लाईभ म्युजिकको मजा एक हप्तासम्म हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology